बुधबार, पुस २, २०८२

मलाई बद्‌नाम गराउने समूह गलत प्रचार गरेर हिँडेको छ : स्वास्थ्यमन्त्री बस्‍नेत

 |  शुक्रबार, पुस २७, २०८०

नेपाल समय

नेपाल समय

शुक्रबार, पुस २७, २०८०

काठमाडौं- स्वास्थ्य तथा जनसंख्यामन्त्री मोहन बस्नेतले वीर अस्पतालमा कसैले तालाबन्दी गरे आफैँ आएर ताला काट्ने चेतावनी दिएका छन्।

National life

चिकित्सा विज्ञान राष्ट्रिय प्रतिष्ठान वीर अस्पतालले आज आयोजना गरेको मेमोग्राफी सेवाको उद्घाटन कार्यक्रममा मन्त्री बस्नेतले वीर अस्पतालमा एक समूहले दिनरात काम गर्ने गरेको तर अर्को समूह काम नगर्ने गरेको जिकिर गरे।

'मलाई बदनाम गर्ने उद्देश्यले आफ्नो स्वार्थ पूरा गर्न नभएको प्रचार गर्दै एक समूह हिँडेको छ। ऐन संशोधन गरेर भए पनि उक्त समूहलाई ठेगान लगाउनुपर्ने अवस्था आएको छ,' उनले भने।

महिलाको स्तन क्यान्सर भए/नभएको परीक्षण गर्ने मेमोग्राफी सेवाको शुभारम्भ गर्दै मन्त्री बस्नेतले बिहान ८ बजेदेखि ओपीडी सेवाको सुरुआत र विशिष्ट व्यक्तिहरूको उपचारका लागि छुट्टै वार्डको व्यवस्थाले सकारात्मक सन्देश दिएको बताए। उनले क्यान्सरको उपचार व्यवस्थासँगै मुटुरोगसम्बन्धी उपचारको पनि विशेष व्यवस्था गर्नुपर्ने आवश्यकता रहेकामा जोड दिए।

चिकित्सा विज्ञान राष्ट्रिय प्रतिष्ठानका उपकुलपति प्राडा भुपेन्द्रकुमार बस्नेतले ‘थ्रिडी टेक्नोलोजी’सहित नतिजा हेर्न सकिने उत्कृष्ट मेसिन जडान गरेको जानकारी दिए। उनले सघन उपचार कक्षको क्षमता बढाउनुका साथै अब आउने नयाँ शैक्षिक सत्रदेखि एमबीबीएस पढाइ हुने व्यवस्था गरिएको बताए।

Laxmi sunrise bank
kumari

प्रकाशित: Jan 12, 2024| 17:01 शुक्रबार, पुस २७, २०८०
प्रतिक्रिया दिनुहोस्