बिहीबार, असार ५, २०८२

प्रियंका कति खुसी?

 |  आइतबार, पुस १६, २०७४
nespernesper

नेपाल समय

नेपाल समय

आइतबार, पुस १६, २०७४

vianetvianet
दिल्ली – यति बेला प्रियंका चोपडा र निक जोनस बिहेपछिको पार्टीमा व्यस्त छन्। उनीहरुले मंगलबार दिल्लीमा पार्टी दिए। अमेरिकी गायक निक जोनससँग जोधापुरको उम्मेदभवन प्यालेसमा डिसेम्बर १–२ हिन्दु र इसाई परम्पराअनुसार उनीहरूको बिहे भएको थियो। 

बिहेपछि प्रियंका निकै खुसी देखिएकी छन्। मंगलबारको पार्टीमा प्रियंकालाई सोधिएको थियो, ‘तपार्इं आफ्नो खुसीलाई १ देखि १० नम्बर दिनु पर्दा कति नम्बर दिनु हुन्छ?’ प्रियंकाले जबाफ दिइन्, ‘म १२ नम्बर दिन्छु।’ बिहेपछि निकै थकान हुन्छ होइन भन्ने प्रश्नमा उनले खुसीयाली मनाउने समय भएकाले थकानको महसुस नभएको प्रतिक्रिया दिइन्।

निकले आफू हिन्दु परम्पराको बिहेको प्रशंसक रहेको बताए। उनीहरुले १५ वा १६ डिसेम्बरमा मुम्बईमा पार्टी दिने योजना बनाएका छन्। त्यस पार्टीमा बलिउडका हस्तीहरुलाई आमन्त्रण गरिने छ।
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४
प्रतिक्रिया दिनुहोस्