शनिबार, असार १३, २०८३

घरआँगनमै सेवा पाउँदा पौवादुङमाका अशक्त नागरिक खुशी

 |  बिहीबार, पुस २६, २०८०

नेपाल समय

नेपाल समय

बिहीबार, पुस २६, २०८०

भोजपुर- भोजपुरको पौवादुङमा  गाउँपालिकाले वडा स्तरबाट अपाङ्गता परिचय पत्र वितरणसँगै स्वास्थ्य शिविर सञ्चालन गरेपछि स्थानीय नागरिक खुसी भएका छन्। असक्त नागरिकलाई सहज सेवा प्रवाह गर्ने उद्देश्यले गाउँपालिकाले अभियान सञ्चालन गरेपछि उनीहरु खुसी भएका हुन्। 

National life

गाउँपालिकाले मङ्गलबार वडा नं १ श्यामशिलामा शिविरमार्फत १२ जनालाई अपाङ्गता परिचय पत्र वितरणसँगै ३९ जनाको स्वास्थ्य परीक्षण गरेको वडाध्यक्ष राजेन्द्र तामाङले जानकारी दिए। गाउँपालिकाले यहाँका ६ वटै वडामा अभियान सञ्चालन गरेर शिविरमार्फत सेवा प्रवाह गरिरहेको गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत नवीन भट्टराईले बताए।
 
अभियानमार्फत पुस २४ गते वडा नं १ श्यामशिला, पुस २५ मा वडा नं २ तिवारीभञ्ज्याङ, पुस २६ गते वडा नं ३ च्याङ्ग्रे, पुस २८ गते वडा नं ४ वास्तिम, पुस २९ गते वडा नं ५ सानोदुम्मा र माघ २ गते वडा नं ६ ठुलोदुम्मामा  सेवा प्रवाह गरिने प्रशासकीय अधिकृत भट्टराईले जानकारी दिए।

गाउँपालिकाका नागरिकलाई सहज रुपमा सेवा प्रवाह गर्ने लक्ष्यले अभियानमार्फत  सेवा प्रवाह गरिएको गाउँपालिका अध्यक्ष किरण राईले बताए। गाउँपालिकाको सेवालाई सहज र सरल तरिकाले जनस्तरम्म पुर्‍याउने लक्ष्यका साथ काम भइरहेको अध्यक्ष राईको भनाइ छ।

‘हामीले अभियानमार्फत सवै वडाबाट अपाङ्गता परिचय पत्र वितरणसँगै शिविर सञ्चालन गरिरहेका छौँ’ अध्यक्ष राईले भने, ‘सहज रुपमा गाउँपालिकाको सेवा जनस्तरमा पुर्‍याउने उद्देश्यले सेवा दिएका हौँ। यसले नागरिकलाई गाउँपालिकाको सेवा लिन सहजता भएको छ।’

नागरिकलाई सहज सेवा प्रवाह गर्ने लक्ष्यका साथ वडास्तरबाट परिचय पत्र वितरण गरिएको गाउँपालिका उपाध्यक्ष ज्योत्सना राईले बताए। अभियानमार्फत प्रवाह गरिएको सेवाले शारीरिक रुपमा असक्त नागरिकलाई प्रत्यक्ष लाभ पुगेको उनको भनाइ छ।

Shivam cement

प्रकाशित: Jan 11, 2024| 06:22 बिहीबार, पुस २६, २०८०
प्रतिक्रिया दिनुहोस्