शनिबार, असार १३, २०८३

एसईईमा पास हुन सबै विषयमा ३५ प्रतिशत ल्याउनैपर्ने

 |  बुधबार, पुस २५, २०८०

नेपाल समय

नेपाल समय

बुधबार, पुस २५, २०८०

काठमाडौं- माध्यमिक शिक्षा परीक्षा (एसईई) मा पास हुन यस वर्षदेखि सबै विषयमा ३५ प्रतिशत ल्याउनैपर्ने प्रावधान राखिएको छ। परीक्षा नियन्त्रक नन्दलाल पौडेलका अनुसार यो वर्ष नयाँ पाठ्यक्रम अनुसार परीक्षा हुँदैछ।

National life

शिक्षा पत्रकार सञ्जाल (इजोन)ले बुधबार आयोजना गरेको कार्यक्रममा उनले भने, 'केही विषयको परीक्षा पुरानो अनुसार हुन्छ। नन ग्रेडिङ लागू हुँदैछ। ३५ प्रतिशत सबै विषयमा ल्याउनैपर्ने भयो।'

परीक्षा चैत पहिलो हप्तादेखि हुने राष्ट्रिय परीक्षा बोर्डका अध्यक्ष महाश्रम शर्माले बताए। ‘यो वर्षको एसईई क्यालेन्डर अनुसार नै चैतको पहिलो हप्ता हुन्छ। माघको पहिलो हप्ता रुटिन निकाल्छौं,’ उनले भने। संसदमा छलफलको क्रममा रहेको शिक्षा विधेयकमा एसईई नरहेको भए पनि हुने-नहुने अन्योलमा नपर्न अनुरोध गरे। अध्यक्ष शर्माले विधेयक पास भएर कानुन नबनेसम्म परीक्षा हुने स्पष्ट पारे।

‘शिक्षा विधेयकमा १० को परीक्षा उल्लेख नभएकोले धेरै कुरा आएको छ तर एसईई हुन्छ। परीक्षा र नतिजाको क्यालेन्डर आइसकेको छ। क्यालेन्डर अनुसार एसईई हुन्छ। प्रदेश तहमा समिति बनेको छ। गत वर्षदेखि व्यवस्थापन प्रदेशले गरेको छ,’ उनले भने।

 

Shivam cement

प्रकाशित: Jan 10, 2024| 16:05 बुधबार, पुस २५, २०८०
प्रतिक्रिया दिनुहोस्