सोमबार, मंसिर २९, २०८२

रोल्पामा जेष्ठ नागरिकलाई घरदैलोमै स्वास्थ्य सेवा

 |  मंगलबार, पुस २४, २०८०

नेपाल समय

नेपाल समय

मंगलबार, पुस २४, २०८०

रोल्पा- जिल्ला स्वास्थ्य कार्यालय रोल्पाले जेष्ठ नागरिकलाई घरदैलोमै स्वास्थ्य सेवा प्रदान गर्न थालेको छ। कार्यालयले ८० वर्ष माथिका ज्येष्ठ नागरिक र अपाङ्गता/असक्त (क र ख वर्गका) नागरिकसँग स्वास्थ्य कार्यक्रम सञ्चालन गरेको छ।

National life

कार्यक्रमअन्तर्गत रोल्पाका सबै स्थानीय तहका स्वास्थ्य संस्थामा कार्यरत स्वास्थ्यकर्मीले ज्येष्ठ नागरिकको घरमै गई निःशुल्क स्वास्थ्यपरीक्षण तथा परामर्श दिन थालेका जनस्वास्थ्य अधिकृत विशाल सुवेदीले जानकारी दिए।

उक्त कार्यक्रम स्वास्थ्य कार्यालयको आयोजना तथा स्थानीय तहको सहकार्यमा भइरहेको उनले जानकारी दिए। यसका लागि जिल्लाभरका करिब तीन सय स्वास्थ्यकर्मी परिचालन गरिएका छन्।

जिल्लामा ८० वर्ष माथिका ज्येष्ठ नागरिकको कूल सङ्ख्या दुई हजार दुई सय ६२ रहेको कार्यालयले जनाएको छ। सुनछहरी गाउँपालिकामा ८० वर्ष माथिका ज्येष्ठ नागरिक चार सय ४१ रहेका छन्। ज्येष्ठ नागरिकको सङ्ख्या सबैभन्दा कम त्रिवेणी गाउँपालिकामा छ।त्रिवेणीमा उक्त सङ्ख्या एक सय मात्र रहेको छ।

थवाङ गाउँपालिकामा ८० वर्ष माथिका ज्येष्ठ नागरिकको सङ्ख्या एक सय ७२, परिवर्तन गाउँपालिकामा दुई सय ४५, गङ्गादेव गाउँपालिकामा एक सय ६०, माडी गाउँपालिकामा एक सय २८, रोल्पा नगरपालिकामा तीन सय सात, रुन्टिगढी गाउँपालिकामा एक सय ४१, सुनिल स्मृति गाउँपालिकामा दुई सय ८८ तथा लुङ्ग्री गाउँपालिकामा दुई सय ८० रहेको छ।जिल्लामा अपाङ्गता/अशक्तको कूल सङ्ख्या तीन हजार तीन सय ३५ रहेको छ।

Laxmi sunrise bank
kumari

यसमा ‘क’ वर्गका ६ सय चार तथा ‘ख’ वर्गका चार सय ६९ जना रहेका कार्यालयले जनाएको छ। जिल्लामा सरकारी अस्पताल एक, प्राथमिक स्वास्थ्य केन्द्र दुई, स्वास्थ्य चौकी ४९, आधारभूत स्वास्थ्य केन्द्र २२, सामुदायिक स्वास्थ्य एकाई ३४ तथा सहरी स्वास्थ्य केन्द्र पाँच रहेका छन्। जिल्लामा गाउँघर क्लिनिक एक सय ७५, खोप क्लिनिक दुई सय २० तथा महिला स्वास्थ्य स्वयमसेविका चार सय ५९ रहेका कार्यालयले जनाएको छ।

प्रकाशित: Jan 09, 2024| 20:41 मंगलबार, पुस २४, २०८०
प्रतिक्रिया दिनुहोस्