बुधबार, चैत १८, २०८२

पिएसजी र मोन्टपिलरबीचको खेल स्थगित

 |  आइतबार, पुस १६, २०७४

नेपाल समय

नेपाल समय

आइतबार, पुस १६, २०७४

National life
kumari

एजेन्सी- पेरिस सेन्ट जर्मेन (पिएसजी) र मोन्टपिलरबीचको लिग खेल स्थगित गरिएको छ । पछिल्लो समय पेरिसमा हिंसात्मक प्रदर्शन बढेपछि पिएसजी र मोन्टपिलरबीचको खेल स्थगित गरिएको हो । 

फ्रेन्च लिग वान फुटबल अन्तर्गत आगामी शनिबार तय गरिएको उक्त खेल स्थानीय प्रहरीले खेल रोक्न अनुरोध गरेपछि दुवै क्लब खेल स्थगित गर्न सहमत भएका हुन् । सरकारले इन्धनमा कर वृद्धि गरेपछि पेरिसमा प्रदर्शन सुरु भएको हो । 

पछिल्लो समय उक्त प्रदर्शन हिंसात्मक बन्दै गएको छ । उक्त खेल पिएसजीको मैदानमा हुने थियो । यस्तै लियोन र टुलुसबीचको खेल पनि स्थगित गरिएको छ । स्थगित खेलको नयाँ मिति पछि तोकिने जनाईएको छ । 

जारी लिगमा पिएसजी शीर्ष स्थानमा छ भने मोन्टपिलर तेस्रो स्थानमा छ । १५ खेल खेलेको पिएसजी ४३ अंक छ । १५ खेल खेल्दा पिएसलीले एक खेल बराबरी र १४ खेलमा जित निकालेको छ । 

मोन्टपिलरले १६ खेल खेल्दा २९ अंक सहित अंक तालिकाको तेस्रो स्थानमा छ । मोन्टपिलरले १६ खेलमा ८ खेलमा जित, ५ बराबरी र ३ खेलमा हार व्यहोरेको छ । 
 
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४
प्रतिक्रिया दिनुहोस्

थप समाचार

एसी मिलानसँग नेपोली पराजित

बयुइएफए च्याम्पियन्स लिगको क्वाटरफाइनलको पहिलो लेगमा एसी मिलानले यो सिजन शीर्षस्थानमा रहेको नेपोलीलाई पराजित गरेको छ।

चेन्नईमाथि राजस्थानको संघर्षपूर्ण जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत राजस्थान रोयल्सले चेन्नई सुपर किंग्सलाई पराजित गरेको छ।

जिरोनाको गोलरक्षकका सामु निरिह बन्दा बार्सिलोना गोलरहित बराबरीमा

घरेलु मैदानमा बार्सिलोना बराबरीमा रोकिएको छ।

बैंगलोरमाथि लखनउलाई एक रनको रोमाञ्चक जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत लखनउ सुपरजाइन्टले रोयल च्यालेन्जर्स बैंगलोरलाई एक विकेटले पराजित गरेको छ।