सोमबार, मंसिर १, २०८२

दौरा-सुरुवालमा दंग हलिउड अभिनेता मोर्गन

 |  आइतबार, पुस १६, २०७४

नेपाल समय

नेपाल समय

आइतबार, पुस १६, २०७४

National life
Laxmi sunrise bank
kumari
काठमाडौं- नेपालीहरुले विस्तारै बिर्सिदै गएपनि नेपाली पोसाक दौरा-सुरुवाल विदेशीहरुले भने रुचाउन थालेका छन्। हलिउड अभिनेता मोर्गन फ्रिम्यान मंगलबार काठमाडौंमा दौरा-सुरुवालमा देखिएका छन्। 

उनले दौरा-सुरुवाप्रति देखाएको मोह साँच्चिकै प्रशंसनीय छ। ८१ वर्षका फ्रीम्यान दौरासुरुवाल, पाल्पाली ढाकाको अस्कोट र खैरो रंगको कोटमा देखिएका छन्। उनी इन्भिक्टस चलचित्रमा दक्षिण अफ्रिकी नेता नेल्सन मण्डेलाको भूमिकामा देखिएका थिए। 

केही दिनदेखि नेपालमा रहेका हलिउडका चर्चित अभिनेता मोर्गन ‘द स्टोरी अफ दी गड’ टेलिश्रृंखलाको छायांकनका लागि काठमाडौँ आएका हुन्।

उनले खेलेका थुप्रै चलचित्रहरुमध्ये ‘मिलियन डलर बेबी’मा खेलेको भूमिकाले ओस्करमा अवार्ड जितेका थिए। उनको कार्यक्रम कति दिनको हुने भन्ने जानकारी दिइएको छैन।

यसै विषयमा जानकारी दिँदै काठमाडौँस्थित नेपालका लागि अमेरिकी दूतावासले आधिकारिक ट्वीट गर्दै लेखेको छ, ‘हाम्रा सांस्कृतिक सम्पदा संरक्षणसम्बन्धी परियोजनाहरुको क्रममा हामीलाई सधैँ सोधिनेमध्ये एक प्रश्न हो, सम्पदा संरक्षण किन महत्वपूर्ण छ? धेरैमध्ये एक उत्तर यो हो कि भविष्यका आउने पुस्ताहरुसँगै हलिउडका महान कलाकार मोर्गन फ्रीम्यानजस्ता कयौँ पर्यटकहरुका लागि तिनलाई जोगाउन। उहाँलाई नेपाली दौरा सुरुवाल लगाएर काठमाडौँका सांस्कृतिक स्थलहरुमा घुम्दा गजब सुहाएको छ, छैन त?’
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४
प्रतिक्रिया दिनुहोस्