बुधबार, वैशाख १९, २०८१

इजराइली आक्रमणमा थप दुई पत्रकारको मृत्यु

 |  आइतबार, पुस २२, २०८०

नेपाल समय

नेपाल समय

आइतबार, पुस २२, २०८०

किभ- इजराइली आक्रमणमा प्यालेस्टिनी क्षेत्रमा दुई पत्रकार मारिएको गाजामा हमासद्वारा सञ्चालित स्वास्थ्य मन्त्रालयले आइतबार बताएको छ। 

triton college

एएफपी समाचार समितिका भिडियो स्ट्रिन्जर मुस्तफा थुरिया र अल जजिरा टेलिभिजन नेटवर्कका पत्रकार हम्जा वेल दहदौह कारमा यात्रा गरिरहेको बेला मारिएको मन्त्रालय र चिकित्सकहरूले बताएका छन्। 

हम्जाका बुबा वाएल अल–दहदौह गाजापट्टीमा अल जजिराका ब्युरो प्रमुख छन् र हालैको एक आक्रमणमा उनी पनि घाइते भएका छन्। युद्धको सुरुआती साताहरूमा एउटा छुट्टै इजराइली आक्रमणमा उहाँकी पत्नी र दुई छोराछोरी मारिएपछि उनी घाइते भएका थिए। 

थुरियाले सन् २०१९ देखि एएफपीसँग काम गरेका थिए। न्युयोर्कस्थित कमिटी टु प्रोटेक्ट जर्नालिस्ट्सका अनुसार अक्टोबर ७ मा इजराइल र हमासबीच युद्ध सुरु भएपछि डिसेम्बर ३१ सम्म कम्तीमा ७७ पत्रकार र मिडियाकर्मी मारिएका छन्। तीमध्ये ७० प्यालेस्टिनी, चार इजराइली र तीन लेबनानी रहेका छन्। 

प्रकाशित: Jan 07, 2024| 19:40 आइतबार, पुस २२, २०८०
प्रतिक्रिया दिनुहोस्