शनिबार, साउन ९, २०८३

विमल बुधबार बेल्जियम जाने

 |  आइतबार, पुस १६, २०७४

नेपाल समय

नेपाल समय

आइतबार, पुस १६, २०७४

काठमाडौं- नेपाली राष्ट्रिय फुटबल टोलीका फर्वाडर विमल घर्ति मगर बुधबार बेल्जियम जाने भएका छन् । उनी दोस्रो डिभिजनका क्लबमा ट्रायल दिन बेल्जियम जाने भएका हुन् । 

विमल करिब १० साता बेल्जियममा रहनेछन् । विमलले यसअघि पनि बेल्जियममा ट्रायल दिएका थिए । यसअघि विमलले बेल्जियमकै एन्डलेच्तमा ट्रेनिङ र ट्रायल दिएका थिए । 

त्यस्तै विमलले नेदरल्याण्डको एफसी ट्वेन्टेमा समेत ट्रायल दिएका थिए । उनी बुधबमर बेल्जियम जाने भएसँगै जारी पल्सर सहिद स्मारक ‘ए’ डिभिजन लिगका बाँकी खेल गुमाउने भएका छन् । 

च्यासल युथ क्लबबाट ‘ए’ डिभिजन लिग खेलि रहेका उनले ट्रायल दिन बेल्जियम जाने भएपछि लिगका बाँकी खेल नखेल्ने भएका हुन् । बेल्जियम जाने भएपछि विमलले च्यासलसंगको सम्झौता सहमतिमा रद्द गरेका छन् । 
 
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४
प्रतिक्रिया दिनुहोस्

थप समाचार

एसी मिलानसँग नेपोली पराजित

बयुइएफए च्याम्पियन्स लिगको क्वाटरफाइनलको पहिलो लेगमा एसी मिलानले यो सिजन शीर्षस्थानमा रहेको नेपोलीलाई पराजित गरेको छ।

चेन्नईमाथि राजस्थानको संघर्षपूर्ण जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत राजस्थान रोयल्सले चेन्नई सुपर किंग्सलाई पराजित गरेको छ।

जिरोनाको गोलरक्षकका सामु निरिह बन्दा बार्सिलोना गोलरहित बराबरीमा

घरेलु मैदानमा बार्सिलोना बराबरीमा रोकिएको छ।

बैंगलोरमाथि लखनउलाई एक रनको रोमाञ्चक जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत लखनउ सुपरजाइन्टले रोयल च्यालेन्जर्स बैंगलोरलाई एक विकेटले पराजित गरेको छ।