बिहीबार, भदौ १८, २०८३

गोरखाका छ स्थानीय तहलाई एम्बुलेन्स वितरण

 |  बिहीबार, पुस १९, २०८०

नेपाल समय

नेपाल समय

बिहीबार, पुस १९, २०८०

गोरखा- गोरखाका छ स्थानीय तहलाई एम्बुलेन्स वितरण गरिएको छ। गोरखा सदरमुकाममा बिहीबार ‘सम्भव छ नेपाल’ नामक गैरसरकारी संस्थाले स्थानीय तहहरूलाई एम्बुलेन्स उपलब्ध गराएको हो। 

गण्डकी, आरुघाट, अजिरकोट, बारपाक सुलिकोट, सिरानचोक र चुमनुब्री गाउँपालिकालाई एम्बुलेन्स प्रदान गरेको संस्थाका अध्यक्ष प्रेम खत्रीले जानकारी दिए। वितरण गरिएका एम्बुलेन्स ‘ख’ वर्गका हुन्। 

संस्थाले उपलब्ध गराएको एम्बुलेन्स गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले गाउँपालिका अध्यक्ष, उपाध्यक्ष तथा प्रमुख प्रशासकीय अधिकृतहरु संयुक्तरुपमा साँचो हस्तान्तरण गरे। एम्बुलेन्ससँगै संस्थाले पालिकालाई औषधिसमेत उपलब्ध गराएको अध्यक्ष खत्रीले जानकारी दिए।

एम्बुलेन्स तथा औषधिसहित संस्थाले पालिकालाई करिब दुई करोड ८० लाख बराबरको सामग्री वितरण गरेको हो। संस्थाले पालुङटार नगरपालिकालाई पनि केही समयपछि एम्बुलेन्स उपलब्ध गराउने जनाएको छ । यसअघि पनि संस्थाले गोरखा विभिन्न पालिकालाई निःशुल्क एम्बुलेन्स उपलब्ध गराएको थियो।

प्रकाशित: Jan 04, 2024| 22:25 बिहीबार, पुस १९, २०८०
प्रतिक्रिया दिनुहोस्