शनिबार, वैशाख २२, २०८१
  • गृहपृष्ठ
  • समाज
  • ग्यारेज मालिक र बस चालकबीच टायरको विषयमा कुटाकुट, दुबैको अवस्था गम्भीर 

ग्यारेज मालिक र बस चालकबीच टायरको विषयमा कुटाकुट, दुबैको अवस्था गम्भीर 

 |  बुधबार, पुस १८, २०८०

नेपाल समय

नेपाल समय

बुधबार, पुस १८, २०८०

triton college
corrent noodles
Metro Mart

काठमाडौं- काभ्रेपलाञ्चोकको बनेपामा एकजना ग्यारेज मालिक र बस चालकबीच टायरको विषयमा विवाद हुँदा कुटाकुट भएको छ। बनेपा नगरपालिका-११ धनेश्वरमा एकजना ग्यारेज साहु र  प्र३-०१-००६ ख ०६०२ नम्बरका बस चालकबीच टायरको विषयमा सुरु भएको विवाद बढ्दै कुटाकुट भएको हो। 

टायर मर्मतलाई लिएर भएको कुटाकुटका क्रममा दुबै जना घाइते भएका छन्। एकआपसमा भिडेका दुवैजनाको अवस्था गम्भीर छ। कुटाकुटका क्रममा प्र ३-०१-००६ख ०६०२ नम्बरका बस चालक बनेपा-३ बस्ने करिब ३५ वर्षीय सरोज गुरुङको टाउकोमा चोट लागेको छ। उनको अवस्था गम्भीर भएपछि अहिले थापाथलीस्थित नर्भिक अस्पतालमा उपचार भइरहेको छ। 

ग्यारेज मालिक मकवानपुरको बागमती गाउँपालिका-९ घर भई बनेपा-११ धनेश्वर बस्ने ३९ वर्षीय आशमान लामाको टाउको र अनुहारमा चोट लागेको छ। उनलाई गम्भीर अवस्थामा शिर मेमोरियल अस्पतालमा उपचारपछि रेफर गरेर अहिले धुलिखेल अस्पताल उपचार भइरहेको बागमती प्रदेश प्रहरी कार्यालय हेटौंडाले जनाएको छ।

प्रकाशित: Jan 03, 2024| 15:41 बुधबार, पुस १८, २०८०
प्रतिक्रिया दिनुहोस्