बुधबार, भदौ ११, २०८२

पैसाको महत्व कसरी बुझाउने बच्चालाई ? कसरी गर्ने बचत ?

 |  बुधबार, पुस १८, २०८०
nespernesper

नेपाल समय

नेपाल समय

बुधबार, पुस १८, २०८०

vianetvianet

हरेक अभिभावकलाई आफ्ना छोराछोरीको भविष्यको चिन्ता हुन्छ। हाम्रोजस्तो 'गरिब' देशमा त झन् बढी हुन्छ किनभने यहाँ कुनै पनि कुरा निश्चित छैन। शिक्षा र स्वास्थ्य राज्यबाट सुनिश्चित नभएकाले यसमै ठूलो खर्च हुने गर्छ। पैसा नभएर आफूले चाहेको विषय पढ्न नपाएको, राम्रो उपचार पाउन नसकेको कुराहरु धेरै सुन्न-देख्न-पढ्न पाइन्छ।

Kumaribank

पहिलो चिन्ता त बच्चाको स्वास्थ्यको नै हुन्छ। स्वास्थ्य राम्रो भयो भनेमात्र अरु कुरा राम्रो गर्न सकिन्छ। बच्चा ठूलो हुँदै गएपछि अरु चिन्ता पनि थपिँदै जान्छन्। उसको भविष्यको चिन्ता हुन थाल्छ- पढाइको चिन्ता, करिअरको चिन्ता, कमाइको चिन्ता। चिन्ताको अर्को नाम पैसा हो, किनकी पैसा भए चिन्ता स्वत: कम हुन्छ। हामीले सानैदेखि बच्चालाई पैसाको महत्व बुझायौं भने उसले ठूलो भएर पैसा कमाउन, बचाउन र लगानी गरेर थप कमाउन सिक्छ। 

बच्चाको भविष्यको चिन्ता हाम्रोजस्तो देशका मात्र होइन, धनी र विकसित मुलुकका मातापितालाई पनि हुँदोरहेछ। बेलायतमा हालै स्टान्डर्ड लाइफ बैंकले यसबारे सर्वे गरेको थियो। सर्वेक्षणमा सहभागी दशमध्ये सात मातापिताले आफ्नो बच्चाको आर्थिक भविष्यबारे चिन्ता व्यक्त गरेका थिए। अध्ययनबाट के पनि पत्ता लागेको थियो भने कम उमेरदेखि नै पैसाको सही सदुपयोगबारे थापा पाएका-बुझेका बच्चा भविष्यमा आर्थिक हिसाबले सबल भएका हुँदा रहेछन्। उनीहरु आर्थिक भविष्य सुरक्षित हुने रहेछ।

भविष्यका लागि पैसा बचत गर्नु पक्कै पनि सजिलो काम होइन। अमेरिकाको ड्युक युनिभर्सिटीका बिहेवियर इकोनोमिक्स एक्सपर्ट तथा लेखक ड्यान एरिली भन्छन्, 'पैसाको एउटा खासियत के हो भने यसको कुनै सीमा छैन। कति बचाउने? कति पैसाले बच्चाको भविष्य सुरक्षित हुन्छ?' बेलायतकी फाइनान्सियल प्लानर किस्टी स्टोनले यसका लागि तीन टिप्स दिएकी छन्। उनी भन्छिन्, 'मातापिताले बच्चालाई पैसाको प्रयोग गर्ने मौका दिनुपर्छ ताकि उनीहरुले गल्ती गर्न पाउन् त्यसबाट केही सिक्न सकुन्। 

१) दीर्घकालीन बैंक खाता
हाम्रो बच्चालाई जन्मिने बित्तिकै पैसा चाहिने होइन। उ ठूलो हुन्जेलसम्मको खर्च त बाउआमाले धानिहाल्छन्। उसलाई त ठूलो भएपछि कलेज पढ्न, कुनै उद्यम सुरु गर्न, लगानी गर्न पैसा चाहिने हो। यसका लागि हामीले सानैदेखि उसका लागि पैसा बचत गरिदने हो। बैंकमा बच्चाको नाममा पनि खाता खोल्न मिल्छ। यसमा हामीले बच्चालाई पनि सहभागी गराउन सक्छौं। कसरी बैंकमा खाता खोलेर पैसा बचत गर्न सकिन्छ भनेर बुझाउन सक्छौं।

Metro Mart

बच्चाहरुका लागि एफडी (फिक्स्ड डिपोजिट) वाला खाता उपयोगी हुन्छ किनकी यसमा अलि बढी ब्याज पाइन्छ। बच्चाको निश्चित उमेर भएपछि (जस्तो १८ वर्ष) पैसा झिक्न मिल्ने गरी एफडी खाता खोलेर पैसा जम्मा गरिदिने हो भने उसलाई कलेज पढाउनका लागि अथवा कुनै उद्यम गर्नका लागि त्यो पैसा उपयोग गर्न सकिन्छ। बच्चालाई यसको बारेमा मातापिताले सानैदेखि बुझाउनुपर्छ ताकि उसले त्यो पैसाको सही सदुपयोग गरोस्। यस्तो बचतले बच्चालाई आर्थिक रुपमा सुरक्षित महसुस गराउँछ।

२‍. विस्तारै-विस्तारै बचाउने पैसा
वर्तमानमा बच्चाका लागि पैसा बचाउनु नै उसको भविष्यका लागि सबैभन्दा ठूलो गिफ्ट हो। यसबाट उसले आफू वयष्क भएपछि राम्रो जीवन बाँच्न सक्छ। साथै उसले पैसाको महत्व पनि बुझ्छ। महँगीका कारण हामीलाई दैनिक घरव्यवहार चलाउन नै मुस्किल भइरहेको हुन्छ। यस्तो अवस्थामा बचत गर्नु अवश्य पनि गाह्रो काम हो। तर हामीले थोरै थोरै बचाउन सक्छौं, हामीले कसरी पैसाको सदुपयोग गरेर बचत गरिरहेका छौं भनेर बच्चालाई सिकाउन सक्छौं।  
३. घरमै बचत
बै‌कमा बचत गर्नुका फाइदा थुप्रै छन्। बै‌कको बचत सुरक्षित हुन्छ, त्यसको ब्याज पाइन्छ। बच्चाका लागि बैंक खाता खोल्नैपर्छ। तर हामी सँगसँगै बच्चालाई घरमै पनि बचत गर्न सिकाउन सक्छौं। धेरैले बच्चा जन्मिने बित्तिकै उसका लागि खुत्रुके किनिदिन्छन् र दिनदिनै वा साप्ताहिक रुपमा त्यसमा पैसा खसालिदिन्छन्। बच्चाले त्यो देखिरहेको हुन्छ र अलि ठूलो भएपछि यो काम आफैं गर्न थाल्छ।

यसबाट बच्चाले के सिक्छ भने पैसा खेल्ने चिज होइन, सक्ने चिज होइन। यसलाई बचाएर राख्नुपर्छ। थाहै नपाई यहाँ पनि पैसा जम्मा भइरहेको हुन्छ। तरकारी किनेर फिर्ता आएको पैसा, दूध-दही किनेर बचेको पैसा अथवा दैनिक सामानबाट किन्दा फिर्ता आउने पैसा खुत्रुकेमा जम्मा गर्न सकिन्छ। बच्चाको लागि पैसा बचत गर्दैगर्दा मातापिताले यो कुरा पनि बुझाउनुपर्छ कि यसबाट उसको भविष्य राम्रो बनाउन मद्दत पुग्नेछ।

प्रकाशित: Jan 03, 2024| 09:31 बुधबार, पुस १८, २०८०
प्रतिक्रिया दिनुहोस्