बिहीबार, वैशाख २४, २०८३

दुसित प्रिन्सेस, लेमन ट्री र हंसीकरसँग शुभश्री कलेजको सहकार्य

 |  सोमबार, पुस १६, २०८०

नेपाल समय

नेपाल समय

सोमबार, पुस १६, २०८०

काठमाडौंको मध्य बानेश्वरस्थित शुभश्री कलेज अफ म्यानेजमेन्टले 'एकेडेमिया मिट्स कर्पोरेट' अन्तर्गत विभिन्न कर्पोरेट हाउसहरुसँग सहकार्य गरिरहेको छ। कलेजले दुसित प्रिन्सेस काठमाडौं, लेमन ट्री प्रिमियर बूढानीलकण्ठ र हंसीकर टेक्नोलोजीसँग सम्झौता गरिसकेको छ।

National life

यस सहकार्यबाट बीएचएम र बीबीए अध्ययन गरिसकेका तथा गरिरहेका विद्यार्थीहरुले विभिन्न अवसर पाउने कलेजले जनाएको छ। यो सहकार्यबाट विद्यार्थीहरुलाई इन्टर्नसिप, जागिरको अवसर, वर्कसपहरुमा भाग लिने अवसर, गेस्ट लेक्चर आदि उपलब्ध हुनेछ। कलेजले सबै विद्यार्थीलाई रोजगारी दिलाउने लक्ष्य राखेको छ।
 
ब्याचलर्स इन होटल मेनेजमेन्ट बीएचएम र ब्याचलर्स अफ बिजनेश एडमिनिस्ट्रेशन बीबीएमा अध्यापन गराउँदै आएको शुभश्री कलेज पोखरा विश्वविद्यालयबाट सम्बन्धन प्राप्त छ। 

शुभश्रीमा ब्याचलर्स अफ कम्प्युटर इन्फरमेशन सिष्टम र माष्टर्स अफ बिजनेश एडमिनिष्ट्रेसनको पनि अध्ययन हुन्छ। डी.भी.एजुकेशन नेटवर्कको भगिनी संस्था शुभश्रीले व्यसायिकतामा नयाँ आयाम ल्याउन आफ्नो शिक्षण पद्धतिमा आमुल परिवर्तन ल्याएको छ। शुभश्रीले उत्कृष्ट पूर्वाधार, नवीनता, सीपमा आधारित ज्ञान र भविष्यमा जब प्लेसमेन्टसहित सिकाइको अनुकूल वातावरण प्रदान गर्दछ।

होटल मेनेजमन्ट अध्यापनको क्षेत्रमा लामो अनुभव बटुलेका प्राध्यापकबाट अध्यापन हुँदै आएको यो कलेजले प्रयोगात्मक कक्षामा बिशेष जोड दिंदै आएको छ।

प्रकाशित: Jan 01, 2024| 18:29 सोमबार, पुस १६, २०८०
प्रतिक्रिया दिनुहोस्