शुक्रबार, जेठ १, २०८३

समर लभको पहिलो गीत सार्वजनिक

 |  आइतबार, पुस १६, २०७४

नेपाल समय

नेपाल समय

आइतबार, पुस १६, २०७४

National life
काठमाडौं – फिल्म ‘समर लभ’ को पहिलो गीत सार्वजनिक भएको छ। माघ २५ गते भ्यालेन्टाइन डेका दिन रिलिज हुने फिल्मको ‘साया’ बोलको गीत सार्वजनिक गरिएको हो। 

सुविन भट्टराईले लेखेको उपन्यास ‘समर लभ’ मा बनेको फिल्मको निर्देशन मुस्कान ढकालले गरेका हुन् । पुष्पन प्रधान र बानिका प्रधानको युगल स्वरमा रहेको गीतमा शब्द तथा संगीत पनि पुष्पन प्रधानको रहेको छ। 

चलचित्रमा आशिष पिया, रेवती क्षेत्री, सुरजसिंह ठकुरी, सरोज खनाल, ओम प्रतीक, नम्रता सापकोटा, शिशिर भण्डारीलगायतका कलाकारलाई देख्न सकिनेछ।
 
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४
प्रतिक्रिया दिनुहोस्