शनिबार, मंसिर १५, २०८१

Siddartha premir insuranceSiddartha premir insurance

सुदूरपश्चिममा 'पुसे पन्ध्र' मनाइयो

 |  आइतबार, पुस १५, २०८०
nespernesper

नेपाल समय

नेपाल समय

आइतबार, पुस १५, २०८०

आज पुस १५ गते उत्तरायणको सुरूआत। यो दिनलाई सुदूरपश्चिममा विशेष पर्वको रूपमा मान्ने चलन छ। वसन्त ऋतुको आगमन हुँदै गरेको र महिनाको मध्यदिन परेको हुँदा यस दिनलाई सुदूरपश्चिमेलीहरूले पर्व मनाउँदै आएका हुन्।

himalayan bank box

पुसे पन्ध्रको रूपमा चर्चित यो पर्वमा विभिन्न परिकार बनाएर दिदी बहिनीको स्वागत गर्दै रातभर जाग्राम बस्ने, वृद्धवृद्धाले दन्त्य कथा सुनाउने प्रचलन रही आएको छ। केही स्थानमा घरमा १५ परिकार पकाएर खाने चलन पनि छ।

संस्कृतिका जानकार विष्णुभक्त जोशीले भने, “आजको दिनलाई सुदूरपश्चिमवासीले विभिन्न कोणबाट नयाँ यामको सुरूआत भएको कुरालाई अथ्र्याउने गर्दछन्।” लामो दिनहरू सुरू हुने, वसन्त ऋतुको आगमन हुने, आकाशे पानी तथा हिमपात भएर खेतीपाती सपर्ने, नयाँ दिनको सुरूवात हुने हुँदा सुदूरपश्चिमबासीले यो पर्व मनाउने गरेको उनले बताए।

उनका अनुसार पुसे पन्ध्र सुदूरमा मात्रै नभएर मध्यपश्चिममा पनि मनाउने गर्दछन्। कतिपय समुदायमा १५ गते भएकोले १५ वटै परिकार बनाएर खाने चलन भएको उनको भनाइ छ।

प्रकाशित: Dec 31, 2023| 20:56 आइतबार, पुस १५, २०८०
प्रतिक्रिया दिनुहोस्