शुक्रबार, भदौ १९, २०८३

'अर्थतन्त्र सुधार्न कांग्रेसले सरकारको नेतृत्व लिनुपर्छ'

 |  शुक्रबार, पुस १३, २०८०

नेपाल समय

नेपाल समय

शुक्रबार, पुस १३, २०८०

पाँचथर- नेपाली कांग्रेसका नेता शेखर कोइरालाले देशको अर्थतन्त्र सुधार्न नेपाली कांग्रेसले सरकारको नेतृत्व गर्नुपर्ने बताएका छन्।

मुलुकको अर्थतन्त्र जटिल मोडमा पुगेको वास्तविकतातर्फ सर्वसाधारणको ध्यानाकर्षण गराउँदै नेता कोइरालाले अर्थतन्त्रलाई सुधार गरेर देशलाई सही दिशा दिन कांग्रेसले सरकारको नेतृत्व लिन ढिलाइ गर्न नहुने बताए।

नेपाली कांग्रेस जिल्ला कार्यसमिति पाँचथरको प्रथम जिल्ला सम्मेलनमा सहभागी हुन आएका उनले पत्रकारहरुसँग कुरा गर्दै देशमा सुशासन कायम नहुँदा अराजकता बढेको बताए। जनतामा व्याप्त निराशाको अन्त्यका लागि आफ्नो पार्टीले सरकारको नेतृत्व लिनुपर्नेमा उनले जोड दिए।

नेपाली कांग्रेस पाँचथरले आफ्नो पहिलो जिल्ला सम्मेलन शुक्रबार फिदिममा आयोजना गर्दैछ।

प्रकाशित: Dec 29, 2023| 07:32 शुक्रबार, पुस १३, २०८०
प्रतिक्रिया दिनुहोस्