सोमबार, चैत ३०, २०८२

नबिल बैंकको डिबेन्चरमा मागभन्दा बढी आवेदन

 |  बुधबार, पुस ११, २०८०

नेपाल समय

नेपाल समय

बुधबार, पुस ११, २०८०

नबिल बैंक लिमिटेडले तीन अर्ब रुपैयाँ बराबरको ऋणपत्र निकाशन तथा बिक्री बन्द गरेको छ। बैंकले २९ मंसिरदेखि ३ पुससम्मको समय राखेर आवेदन खुलाएकोमा माग भन्दा बढी आवेदन परेको थियो। पुस ३ गते बैंकिङ समय पश्चात् डिबेन्चर बन्द गरिएको नबिलले जनाएको छ।

National life

प्रतिकित्ता एक हजार रुपैयाँका दरले ३० लाख कित्ता ऋणपत्र निष्काशन गरिएकोमा पहिलो पटक दिएको समयमा नै सबै डिबेन्चर बिक्री भएको नबिल बैंकले जनाएको छ। बैंकले बिक्रीमा ल्याएको कुल ३० लाख कित्ता ऋणपत्रमध्ये १ अर्ब २० करोड रुपैयाँ बराबरको १२ लाख कित्ता सर्वसाधारणलाई र एक अर्ब ८० करोड रुपैयाँ बराबरको १८ लाख कित्ता व्यक्तिगत तवरबाट बिक्री खुल्ला गरिएको थियो।

सर्वसाधारणलाई छुट्टाइएको १२ लाख कित्ता मध्य पाँच प्रतिशत अर्थात् ६ करोड रुपैयाँ बराबरको ६०,००० कित्ता सामूहिक कोषका लागि समेत समावेश गरिएको थियो। यस सात वर्षे ऋणपत्रमा लगानी कर्ताले ९ प्रतिशतको ब्याजदर पाउने नबिलले जनाएको छ।

नबिल बैंकले हाल देशभर २६६ शाखा सञ्जालसहित २२ वटा एक्सटेन्सन काउन्टर र ३१३ एटिएम मेसिनबाट सेवा प्रदान गर्दे आएको छ। यस बैंकबाट १८ लाखभन्दा बढी ग्राहकले बैंकिङ सेवा लिँदै आएका छन्।

 

kumari

प्रकाशित: Dec 27, 2023| 13:25 बुधबार, पुस ११, २०८०
प्रतिक्रिया दिनुहोस्