आइतबार, असार १४, २०८३

ईसेवाले ल्यायो १ लाखको छात्रवृत्ति योजना

 |  बुधबार, पुस ११, २०८०

नेपाल समय

नेपाल समय

बुधबार, पुस ११, २०८०

भुक्तानी सेवा प्रदायक कम्पनी इसेवाले ‘‘शिक्षामा छात्रवृत्तिः एक लाख पुरस्कार’’ ल्याएको छ। यस अभियानका माध्यमबाट एक भाग्यशाली विद्यार्थीले एक लाख रुपैयाँ छात्रवृत्ति पाउनेछन्।

National life

शैक्षिक शुल्क भुक्तानीका लागि इसेवा प्लेटफर्म रोज्ने विद्यार्थीमध्ये एकजनाले यो अवसर पाउने छन्। डिजिटल सबलीकरण र शिक्षाको महत्त्व हेरेर ल्याइएको यो अभियान विद्यार्थी र अभिभावक दुवैलाई डिजिटल वित्तीय प्रविधिको एउटा नयाँ यात्रामा लान प्रेरित गर्ने उद्देश्यले डिजाइन गरिएको कम्पनीले जनाएको छ। सहज, सरल र सुरक्षित वित्तीय कारोबारको प्रत्याभूति दिँदै विद्यार्थीलाई प्रोत्साहन गरी शैक्षिक गुणस्तर अभिवृद्धि गर्न प्रतिबद्ध रहेको इसेवाले जनाएको छ।

यो अफर मंसिर १९ देखि माघ २९ अर्थात् डिसेम्बर ५ देखि फेब्रुअरी १२ सम्म मात्र लागू हुनेछ। फर्मबेस्डका माध्यमबाट इसेवा प्रयोग गरी आफ्नो शैक्षिक शुल्क भुक्तानी गर्ने प्रयोगकर्ता यो छात्रवृत्तिका लागि योग्य हुनेछन्।

छात्रवृत्ति रकमको भाग्यशाली विजेता मात्र एक जना हुनेछन्। क्यूआर कोडबाट भुक्तानी गर्ने ग्राहकलाई यो योजनामा सहभागी गरिने छैन। छात्रवृत्ति रकम क्याम्पेन सकिएको १ हप्ताभित्र मेन ब्यालेन्सका रुपमा विजेताको इसेवा आईडीमा पठाइनेछ।

 

Shivam cement

प्रकाशित: Dec 27, 2023| 13:23 बुधबार, पुस ११, २०८०
प्रतिक्रिया दिनुहोस्