सोमबार, वैशाख २४, २०८१
  • गृहपृष्ठ
  • अर्थ
  • अल्टिमाले पायो दराजको प्रतिष्ठित ‘सेलर अफ द इयर २०२३’ अवार्ड

अल्टिमाले पायो दराजको प्रतिष्ठित ‘सेलर अफ द इयर २०२३’ अवार्ड

 |  बुधबार, पुस ११, २०८०

नेपाल समय

नेपाल समय

बुधबार, पुस ११, २०८०

अल्टिमा लाइफस्टाइलले दराज सेलर समिट २०२३’ मा दराजको प्रतिष्ठित ‘सेलर अफ द इयर २०२३’ अवार्ड पाएको छ। तीव्र गतिमा वृद्धि भईरहेको नेपाली एसेसरिज ब्रान्डले सन् २०२२ को तुलनामा सन् २०२३ मा ७००% ले वृद्धि गरी सबै रेकर्ड तोडेको अल्टिमाले जनाएको छ।

triton college

यस वर्ष दुई सफल अभियान र नौ नयाँ उत्पादनहरू सार्वजनिक गरेपछि अल्टिमा लाइफस्टाइलले पछिल्लो समय नेपाली बजारमा विशिष्ट स्थान बनाएको पनि कम्पनीले जनाएको छ।

अल्टिमा लाइफस्टाइलले ग्राहकको सन्तुष्टिलाई निरन्तर प्राथमिकता दिँदै, एक उत्कृष्ट किनमेल अनुभव प्रदान गरेको र कम्पनीले नयाँ उत्पादनहरू, अभियानहरू, र पहलहरू सुरु गरेर नवीनता र प्रतिक्रियात्मकता प्रदर्शन गरेकोमा दराजको सेलर अफ द इयर अवार्डको छनौट भएको पनि कम्पनीले  जानकारी दिएको छ।

अल्टिमा लाइफस्टाइल नेपालको सबैभन्दा छिटो अघि बढिरहेको वेरेवल एसेसरिज (पहिरन योग्य) ब्रान्ड हो। संगीत उत्साही र व्यायाम उत्साही माझ लोकप्रिय बनेको अल्टिमा लाइफस्टाइलले सही मूल्यमा उत्कृष्ट सुविधाहरू प्रदान गर्ने अल्टिमाले जनाएको छ। हाल अल्टिमा लाइफस्टाइलले अडियो र वेरेवल (पहिरन योग्य) उत्पादनका विस्तृत श्रृंखलाहरु बजारमा ल्याएको छ।

 

corrent noodles
Metro Mart

प्रकाशित: Dec 27, 2023| 13:22 बुधबार, पुस ११, २०८०
प्रतिक्रिया दिनुहोस्