बिहीबार, वैशाख ३१, २०८३

परोपकारको प्रचार चाहँदैन धर्मेन्द्रको परिवार 

 |  आइतबार, पुस १६, २०७४

नेपाल समय

नेपाल समय

आइतबार, पुस १६, २०७४

National life
मुम्बई – अमिताभ बच्चन र धर्मेन्द्र एकअर्कालाई निकै आदरसम्मान गर्छन्। बलिउडका यी दुवै स्टार मुम्बईको जुहू इलाकामा बस्छन्। उनीहरु एकअर्काका छिमेकी हुन्। बच्चन परिवार आफूले गरेको समाज सेवाको निकै प्रचार गर्छ तर धर्मेन्द्रको परिवार यस्तो सहयोगको प्रचार गर्न चाहँदैन। 

धर्मेन्द्रले पञ्जावका किसानलाई आर्थिक सहयोग गर्दै आएका छन्। तर उनी त्यसको प्रचारबाजी गर्दैनन्। आफ्ना पिता धर्मेन्द्रकै पक्षमा छन् छोरा सनी पनि।

दुबईमा सुरु भएको क्रिकेटको नयाँ फर्मेट टी–१० का लागि सनीले तन, मन, धन सुम्पेका छन्। तर उनको समाजसेवाको कुनै प्रचारवाजी भएन। 

मुम्बईमा भुस्याहा कुकुरको एडप्ट गर्ने कदमको उनी विपक्षमा छन्। उनी जनावर हिंसाको विपक्षमा हुन्छन्। मौका पाउनेबित्तिकै उनी कुकुरको सेवामा सक्रिय भइहाल्छन् । उनी कुकुरलाई असाध्यै माया गर्छन्। उनी समाज सेवाका अन्य क्षेत्रमा पनि सहयाेग गर्छन्। तर त्यसको प्रचारबाजी हुँदैन।
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४
प्रतिक्रिया दिनुहोस्