सोमबार, चैत ३०, २०८२

भाइबरमार्फत बससेवाको टिकट काट्दा क्यासब्याक

 |  सोमबार, पुस ९, २०८०

नेपाल समय

नेपाल समय

सोमबार, पुस ९, २०८०

National life
kumari

काठमाडौं- राकुटेन भाइबरले आफ्नो च्याटबटमार्फत् नेपालको बस टिकटिङ सेवा प्रदायक बससेवाबाट टिकट काट्दा सयजनालाई क्यासब्याक दिने भएको छ।

अफरमा नेपालका कुनै पनि गन्तव्यका बस टिकट काट्दा भाग्यशाली सयजनाले शतप्रतिशत क्यासब्याक पाउनेछन्। अफर पुस १६ गतेसम्म सञ्चालन हुनेछ। बससेवाको कुनै पनि गन्तव्यमा यात्रा गर्दा अथवा टुर प्याकेजमा जाँदा भाइबरमार्फत् प्रयोगकर्ताले सजिलै टिकट काट्न सकिने पनि कम्पनीले जनाएको छ।

बससेवाका प्रमुख कार्यकारी अधिकृत पिआर खनालले भने, ‘हामी विश्वको अग्रणी सञ्चार संस्था भाइबरसँग सहकार्य गर्न पाउँदा अत्यन्त खुसी छौँ, मलाई विश्वास छ, आमयात्रुले यात्राका लागि थप सुविधा पाउनुहुनेछ। अबदेखि भाइबरमार्फत् टिकट काट्दा थप सहजता हुनेछ। हामी नेपालको सार्वजनिक यातायात थप सुविधायुक्त र विश्वसनीय बनाउन सफल हुनेछौँ।’ राकुटेन भाइबरका वरिष्ठ निर्देशक डेभिड चेले भन्नुभयो, ‘भाइबरमा हामी हाम्रा प्रयोगकर्तालाई सम्झनायोग्य सुविधा दिँदा हामी हर्षित छौँ, बससेवासँगको सहकार्यमार्फत् यो क्यासब्याक अफरले हरेक नेपाली यात्रुको यात्रा थप रोमाञ्चक र रमाइलो हुनेछ।’

प्रकाशित: Dec 25, 2023| 17:02 सोमबार, पुस ९, २०८०
प्रतिक्रिया दिनुहोस्