आइतबार, वैशाख २३, २०८१
  • गृहपृष्ठ
  • अर्थ
  • ग्लोबल आइएमई बैंकको 'मेरी उनीलाई स्वास्थ नारी पहल अभियान' सञ्चालन

ग्लोबल आइएमई बैंकको 'मेरी उनीलाई स्वास्थ नारी पहल अभियान' सञ्चालन

 |  सोमबार, पुस ९, २०८०

नेपाल समय

नेपाल समय

सोमबार, पुस ९, २०८०

काठमाडौं- ग्लोबल आइएमई बैंकले आफ्नो १७औं वार्षिकोत्सवको अवसरमा बैंकको संस्थागत सामाजिक उत्तरदायित्वअन्तर्गत मेरी उनीलाई स्वास्थ नारी पहल अभियान सञ्चालन गरेको छ।

triton college

यही पुस १७ गतेदेखि ग्लोबल बैंक १७औं वर्षमा प्रवेश गर्दैछ। उक्त अभियानअन्तर्गत बैंकले नेपाल परिवार नियोजन संघसँगको सहकार्यमा सातवटै प्रदेशहरूमा एकदिने निःशुल्क महिला स्वास्थ्य शिविर सञ्चालन गर्न गइरहेको छ।

शिविरमा स्त्रीरोग विज्ञहरूले स्त्रीरोगसम्बन्धी विभिन्न सेवाहरू–महिलाको स्वास्थ्य परीक्षण, पाठेघरको क्यान्सर (भिआइए) परीक्षण, गर्भाशय प्रोल्याप्स केसको उपचार, औषधी वितरण लगायतका सेवाहरू निःशुल्क रुपमा उपलब्ध हुनेछन्।

प्रत्येक शिविरबाट पाठेघरको क्यान्सरको प्रारम्भिक लक्षण पत्ता लागेका र पाठेघरको क्यान्सरको गम्भीर बिरामी पहिचान गर्नेछ, जसलाई स्वस्थ नारी पहल कार्यक्रमको दोस्रो चरणमा शल्यक्रिया गरी उपचार गरिनेछ।

यस अन्तर्गत बैंकले पुस ४ गते सूदुरपश्चिम प्रदेशमा बाजुरा जिल्लाको गौमुल गाँउपालिका वडा नं. २, दहकोट स्वास्थ्य चौकीमा स्वास्थ्य शिविर सञ्चालन गरिसकेको छ। जसमा १७० भन्दा बढी महिलाहरूको स्वास्थ्य जाँच गरेको थियो।

corrent noodles
Metro Mart

यसैगरी, बैंकले अरु ६ वटा प्रदेशहरूमा यहि पुस महिनामा शिविरहरू सञ्चालन गर्नेछ।

जस अन्तर्गत बैंकले बागमती प्रदेशमा भरतपुर महानगरपालिका वडा नं ८ चितवन स्थित गौरीगञ्ज स्वास्थ्य चौकी, शरदपुरमा पुस १३ गते, लुम्बिनी प्रदेशमा रैनादेवी छहरा गाँउपालिका वडा नं. ३, पाल्पास्थित छहरा स्वास्थ्य चौकीमा पुस १७ गते, कर्णाली प्रदेशमा विरेन्द्रनगर नगरपालिका वडा नं. १३, सुर्खेत स्थित जर्बुट्टा स्वास्थ्य चौकीमा पुस १८ गते, गण्डकी प्रदेशमा अन्नपूर्ण गाँउपालिका वडा नं. ६ म्याग्दी स्थित पोखरेबजार आधारभूत विद्यालयमा पुस २१ र कोशी प्रदेशमा इलाम नगरपालिका वडा नं. ४, इलाम स्थित मलाटे स्वास्थ्य चौकीमा पुस २८ गते स्वास्थ्य निःशुल्क स्वास्थ्य शिविर सञ्चालन गर्ने तयारी रहेको छ।

स्वास्थ्य शिविर ग्रामीण तथा अर्ध शहरी क्षेत्रका स्वास्थ्य सेवाको पहुँच नभएका महिलाका निम्ति प्रभावकारी हुने र उनीहरूमा सकारात्मक प्रभाव पर्ने विश्वास बैंकले लिएको छ।

बैंकले स्थापनाकालदेखि नै संस्थागत सामाजिक उत्तरदायित्वलाई प्राथमिकतामा राखेर विभिन्न समयमा यस्ता स्वास्थ्य शिविरहरूको आयोजना गरी ग्रामीण भेगका महिला तथा आम नागरिकहरूलाई प्रत्यक्षरुपमा लाभान्वित गर्दै आएको छ।

प्रकाशित: Dec 25, 2023| 17:00 सोमबार, पुस ९, २०८०
प्रतिक्रिया दिनुहोस्