आइतबार, असार १४, २०८३
  • गृहपृष्ठ
  • अर्थ
  • देशको कुल निर्यातभन्दा ४१ अर्ब बढीको पेट्रोलियम पदार्थ आयात

देशको कुल निर्यातभन्दा ४१ अर्ब बढीको पेट्रोलियम पदार्थ आयात

 |  आइतबार, पुस ८, २०८०

नेपाल समय

नेपाल समय

आइतबार, पुस ८, २०८०

काठमाडौं- नेपालले चालु आर्थिक वर्ष २०८०/०८१ को पाँच महिनामा देशको कुल निर्यातभन्दा ४१ अर्ब बढीको पेट्रोलियम पदार्थ आयात गरेको छ।

National life

भन्सार विभागका अनुसार पेट्रोलियम आयात कुल निर्यातभन्दा ४१ अर्ब तीन करोड ४९ लाख ६३ अर्ब रुपैयाँ बढी छ।

भन्सार विभागको तथ्यांक अनुसार नेपालले पाँच महिना (साउन–मंसिर)मा एक खर्ब चार अर्ब २४ करोड २३ लाख ९८ हजार रुपैयाँको पेट्रोलियम पदार्थ आयात गरेको छ।

जबकि नेपालको पाँच महिनाको कुल निर्यात ६३ अर्ब मात्र छ। भन्सार विभागको तथ्यांक अनुसार नेपालले चालु आवको पाँच महिनामा ६३ अर्ब २० करोड ७४ लाख ३५ हजार रुपैयाँको कुल निर्यात गरेको छ।

चालु आवको पाँच महिनामा २८ अर्ब ५५ करोड ८६ करोड ८२ लाखको पेट्रोल, २० अर्ब ६५ करोड ५८ लाख ३० हजारको खाना पकाउने एलपीजी ग्यास आयात गरेको छ। यस्तै, ५३ अर्ब ९० करोड ३२ लाख ९२ हजारको डिजेल र एक अर्ब १२ करोड ४५ लाख ९३ हजार रुपैयाँको हवाई इन्धन आयात भएको तथ्यांकले देखाएको छ। 

Shivam cement

सरकाले पेट्रोलियम पदार्थबाट मात्र ४० अर्ब ४५ करोड ९८ लाख २३ हजार रुपैयाँ राजस्व संकलन गरेको छ।

प्रकाशित: Dec 24, 2023| 19:25 आइतबार, पुस ८, २०८०
प्रतिक्रिया दिनुहोस्