शनिबार, पुस ५, २०८२

एनआइसी लघुवित्तले १६ प्रतिशत लाभांश दिने

 |  आइतबार, पुस ८, २०८०

नेपाल समय

नेपाल समय

आइतबार, पुस ८, २०८०

एनआइसी एसिया लघुवित्त वित्तीय संस्थाको छैटौँ वार्षिक साधारणसभा शुक्रबार धरान उपमहानगरपालिकामा सम्पन्न भएको छ।

National life

साधारणसभाले विभिन्न एजेण्डासहित संस्थाको २०७९-८० को सञ्चालक समितिको प्रतिवेदनका साथै सेयरधनीलाई चुक्ता पुँजीको १५ प्रतिशत दरले २६ करोड नौ लाख १६ हजार नगद लाभांश वितरण गर्ने प्रस्ताव पनि पारित गरेको छ।

त्यसैगरी संस्थापक एनआइसी एसिया बैंकतर्फबाट मनोनीत भई प्रतिनिधित्व गर्ने दिपक ढकाललाई सञ्चालक पदमा निर्वाचित पनि गरेको छ। नवनिर्वाचित सञ्चालक ढकालले संस्थाका अध्यक्ष सन्तोषकुमार राठीसमक्ष शपथ ग्रहण गरी पद बहाली गरे। बैंकिङ क्षेत्रमा लामो समयदेखि कार्यानुभवी ढकाल एनआइसी एसिया बैंकमा प्रमुख जोखिम अधिकृतमा कार्यरत हुन्।

 

प्रकाशित: Dec 24, 2023| 13:43 आइतबार, पुस ८, २०८०
प्रतिक्रिया दिनुहोस्