आइतबार, वैशाख २३, २०८१

क्रेस्ट माइक्रो लाइफको जीवन बिमा योजना सार्वजनिक

 |  आइतबार, पुस ८, २०८०

नेपाल समय

नेपाल समय

आइतबार, पुस ८, २०८०

क्रेस्ट माइक्रो लाइफ इन्स्योरेन्सले सिएमएल लघु सावधिक जीवन बिमा (रेगुलर र सिंगल) योजना ल्याएको छ।

triton college

बिमित वर्गको आयश्रोत, बचत र सुरक्षालाई सर्वोपरी ध्यानमा राख्दै कम्पनीले सिएमएल लघु सावधिक जीवन बिमा योजना ल्याएको कम्पनीले जनाएको छ। सो योजनाले न्यून बिमा शुल्कमा बचत तथा सुरक्षा एकै साथ प्रदान गर्ने र योजना अन्तर्गत जोखिम बहनका अतिरिक्त बिमितलाई बिमालेख अवधिभर बचत गर्न प्रोत्साहन समेत गर्नेछ।

यस्तै कम्पनीका अनुसार सो बिमालेख १८ वर्ष देखि ६० वर्ष उमेरसम्मको ग्राहकले खरिद गर्न सक्नेछन्। कम्तीमा ५ वर्ष र अधिकतम २५ वर्ष अवधि रहेको यो बिमालेखमा न्यूनतमबिमांक रकम दशहजार रूपैयाँ रहेको कम्पनीले जनाएको छ।

 

प्रकाशित: Dec 24, 2023| 13:34 आइतबार, पुस ८, २०८०
प्रतिक्रिया दिनुहोस्