शनिबार, पुस ५, २०८२

यामाहाको अभियान: रियल राइड, रियल स्टोरिज

 |  आइतबार, पुस ८, २०८०

नेपाल समय

नेपाल समय

आइतबार, पुस ८, २०८०

चलेको ट्रेण्ड पछ्याउने र फ्यान्सी एआई चित्रहरू प्रयोग गर्ने आजको संसारमा यामाहा भने केही फरक दिशामा अगाडि बढेको छ। एआई मार्फत् उत्पन्न गरिएका चित्र र बनावटी दृश्यहरूले इन्टरनेट भरिइरहँदा यामाहाले भने #KeepingItReal अभियान मार्फत् वास्तविक बाइकरहरूको सम्मान गर्दै उनीहरूका वास्तविक सवारी अनुभवहरूको चर्चा गर्ने पहलकदमी लिँदैछ।

National life

सामाजिक सञ्जालहरूमा एआई-जेनरेट गरिएका तस्बिरहरूको बाढी आएको समयमा यामाहा भने बाइकरहरूको वास्तविक भावनासँग एकाकार हुनका निम्ती अलग्गै उभिएको छ। बाइकिङको भावनाले डिजिटल ट्रेण्ड र कृत्रिम सौन्दर्यलाई पराजीत गर्छ भन्ने विश्वासको प्रमाण हो यामाहाको #KeepingItReal अभियान। बनावटी भिजुअलहरूको लोभमा नपरी राइडरहरूलाई उनीहरूको वास्तविक र फिल्टर नगरिएका बाइकिङ अनुभवहरू बाँड्न यामाहा प्रोत्साहन गर्दछ।

यामाहा केवल एक ब्रान्ड नभई बाइक राइडिंगप्रतिको साझा प्रेमद्वारा सिर्जित विश्व समुदाय हो। राइडर र मेसिनबीचको सम्बन्ध, खुला सडकप्रतिको उत्साह र साथी बाइकरहरूबीचको सद्भाव नै यामाहाको खास आत्मा हो। #KeepingItReal यही भावनाको सम्मानका खातिर गरिएको एक आव्हान हो भने उत्साहीहरूलाई यामाहासँगको सवारी अनुभव परिभाषित गर्ने प्रमाण प्रदर्शन गर्न आग्रह पनि हो।

यामाहा राइडरको रूपमा तपाईं ब्रान्डको अंश मात्र नभई बाइकिङको वास्तविक सारलाई महत्त्व दिने विश्वव्यापी समुदायको एक सदस्य पनि हुनुहुन्छ। #KeepingItReal प्रयोग गरेर आफ्ना फिल्टर नगरिएका वास्तविक राइडिंगका पलहरू शेयर गरेर यस अभियानमा सामेल हुनुहोस्। हावाले उडाएको कपाल होस् कि प्राकृतिक दृश्यहरू वा यामाहामा यात्रारत क्षणको शुद्ध आनन्द, तपाईं आफ्ना वास्तविक तस्बिरहरू मार्फत् संसारलाई सवारीको वास्तविक सौन्दर्य देखाउन सक्नु हुनेछ। #KeepingItReal अभियान बाइकरहरूका लागि उनीहरूकै अनौठा कथाहरू साझा गर्ने प्लेटफर्म हो।

 

Laxmi sunrise bank
kumari

प्रकाशित: Dec 24, 2023| 13:34 आइतबार, पुस ८, २०८०
प्रतिक्रिया दिनुहोस्