शनिबार, पुस ५, २०८२

दराजको ‘विक्रेता सम्मेलन’ सम्पन्न

 |  आइतबार, पुस ८, २०८०

नेपाल समय

नेपाल समय

आइतबार, पुस ८, २०८०

नेपालको अग्रणी ई–कमर्स ब्रान्ड, दराजले  ‘विक्रेता सम्मेलन’को आयोजना गरेको छ। ललितपुरको हेरिटेज गार्डेनमा आयोजित कार्यक्रममा दराजका पदाधिकारी तथा विक्रेताहरू सहभागी भएका थिए।

National life

कार्यक्रमलाई सम्बोधन गर्दै दराजका प्रबन्ध निर्देशक आँचल कुँवरले कम्पनी सँग आबद्ध विक्रेताहरूलाई उत्कृष्ट अनुभव  प्रदान गर्ने प्रतिबद्धता जनाइन्।  “विक्रेताहरू दराजका मेरुदण्ड हुन्। दराजको रोमाञ्चक यात्रामा अटल सहयोग प्रदान गर्नुभएकोमा सम्पूर्ण विक्रेताहरूमा आभार प्रकट गर्न चाहन्छु। दराज अहिले जहाँ छ, यो स्थानमा पुग्नमा तपाईँहरूको ठुलो हात छ र तपाईँहरू बिना यो सम्भव हुँदैन थियो।”

हालै सम्पन्न ११.११ सेलको सफलताको चर्चा गर्दै उनले थपिन्, “चाडपर्वको समयमा पर्ने हाम्रो ११.११ सेलमा विक्रेताहरूले दिएको साथको कारणले गर्दा हामी हरेक वर्ष अपेक्षा गरे भन्दा धेरै राम्रो गर्न सफल हुन्छौँ र यो भविष्यमा पनि कायम रहनेछ।  यसका साथै हामी विक्रेता तथा खरिदकर्ता सबैलाई उत्कृष्ट अनुभव प्रदान गर्दै लजिस्टिक सेवा विस्तार गरेर विश्वस्तरीय सेवा प्रवाह गर्नेछौँ।”

कार्यक्रममा विभिन्न श्रव्य दृश्य सामाग्रीहरू प्रस्तुत गरेर विक्रेताहरूलाई बिक्री र व्यवस्थापनको बारेमा जानकारी पनि प्रदान गरिएको थियो। विक्रेताहरूलाई प्रोत्साहन गर्ने उद्देश्यले आयोजना गरिएको उक्त कार्यक्रममा अवार्ड समारोह राखिएको थियो।  जहाँ गत वर्षका १४ उत्कृष्ट विक्रेताहरूलाई विशेष विधाका ट्रफी, १० हजार रुपैयाँ बराबरको दराज भाउचरका साथै आकर्षक उपहारहरू प्रदान गरिएको थियो।

दराजका परिचालन अधिकृत, विमल अर्यालले कार्यक्रममा ई-कमर्सको महत्वको बारेमा चर्चा गरे। उनले उपस्थित सहभागीहरूलाई दराजले डेलिभरी गर्ने स्थानहरू, पूर्वाधार, डेलिभरी क्षमता र गुणस्तरको बारेमा विस्तृत जानकारी प्रदान गरेका थिए। सम्मेलनमा बोल्दै दराजका व्यवसाय निर्देशक प्रबिन रुक्शानले दराजले नेपालका साना तथा मझौला उद्योगहरूको विकाशमा गरेको योगदानको बारेमा चर्चा गरे।

Laxmi sunrise bank
kumari

त्यसैगरी कार्यक्रमका उद्घोषक श्रीजल रुपाखेतीले कार्यक्रममा आएका सबै प्रमुख अतिथि, वक्ता, विक्रेता र साझेदारहरूलाई आयोजकको तर्फबाट आभार व्यक्त गरेका थिए। दराजले आफ्ना विक्रेता र ग्राहकहरूलाई उच्च गुणस्तरीय सेवाहरू प्रदान गर्न जारी राख्ने प्रतिबद्धतालाई पुनः पुष्टि गर्दै कार्यक्रम समापन गरिएको थियो।

 

प्रकाशित: Dec 24, 2023| 13:31 आइतबार, पुस ८, २०८०
प्रतिक्रिया दिनुहोस्