मंगलबार, पुस १, २०८२

प्रदेश खारेजीको माग गर्ने राप्रपाले माग्‍यो कोशीमा सभामुख 

९३ सदस्यीय कोशी प्रदेश सभामा ६ वटा मात्र सिट रहेको राप्रपाले सभामुख पदमा दाबी गरेको हो।
 |  बुधबार, पुस ४, २०८०

नेपाल समय

नेपाल समय

बुधबार, पुस ४, २०८०

काठमाडौं- राष्ट्रिय प्रजातन्त्र पार्टीले अहिलेको अवस्थामा सत्तामा नजाने र प्रदेश खारेजीको माग गर्दै सडक आन्दोलन गर्ने निर्णय गरेको २४ घण्टा नबित्दै कोशी प्रदेशमा सभामुख पदमा दाबी गरेको छ। 

National life

९३ सदस्यीय सभामा ६ वटा मात्र सिट रहेको राप्रपाले सभामुख पदमा दाबी गरेको हो। राप्रपाको पुस १ देखि ३ गतेसम्म काठमाडौंमा चलेको केन्द्रीय समिति बैठकले हिन्दु राष्ट्र र प्रदेश खारेजीको माग गर्दै सडक आन्दोलन गर्ने र अहिलेको अवस्थामा सत्तामा नजाने निर्णय गरेको हो। 

राप्रपाका संसदीय दलका नेता भक्तिप्रसाद सिटौलाले सत्ता गठबन्धन र प्रमुख प्रतिपक्षी नेकपा एमालेका नेताहरूसँग सभामुख आफ्नो दललाई दिन आग्रह गरेको बताए। ‘संसदीय व्यवस्थामा प्रतिपक्षबाट सभामुख चयन गर्ने अभ्यास पनि बनिसकेको छ,’ सिटौलाले भने, ‘सत्ता गठबन्धन र एमालेका साथीहरूसँग मैले कुरा गरेको छु। उहाँहरू सकारात्मक बन्नुभयो भने हामी योग्य पात्र अघि सार्छौँ।’

राप्रपाले सभामुख पाए हालको गठबन्धन सरकार सुरक्षित हुने र प्रदेश सभाको स्थायित्व पनि सुनिश्चित हुने सिटौलाको तर्क छ। राप्रपाबाट अम्बरबहादुर विष्टलाई सभामुखमा अघि सार्ने तयारी गरिएको छ। राप्रपाले सभामुख पाएमा गठबन्धन सरकार जोगिनेछ। किनभने, गठबन्धनसँग बहुमतका लागि आवश्यक पर्ने ४७ सिट सुरक्षित छ।

तिनैमध्येबाट सभामुख चयन हुँदा वा सभाको अध्यक्षता गर्दा भने बहुमत पुग्दैन। यसअघि दुईपटक मुख्यमन्त्री भएका कांग्रेसका उद्वव थापाले यही कारण सत्ता गुमाउनुपरेको थियो।

Laxmi sunrise bank
kumari

यसअघि पहिलोपटक तत्कालीन सभामुख बाबुराम गौतमको समेत हस्ताक्षर प्रयोग गरी उद्वव थापाले मुख्यमन्त्री पदको नियुक्ति लिँदा सर्वोच्च अदालतले बदर गरिदिएको थियो। त्यसपछि गौतमलाई राजीनामा गर्न लगाएर नियुक्ति लिँदा विश्वासको मत विवादित बनेको थियो। सभाको अध्यक्षता गर्ने व्यक्तिलाई समेत मतदानमा सहभागी गराएर विश्वासको मत लिँदा पनि अदालतले मान्यता दिएको थिएन।

प्रदेश सभामा एमालेकी सृजना दनुवार उपसभामुख छन्। प्रदेशसभाको आगामी बैठक पर्सि शुक्रबार बोलाइएको छ। कोशीमा हाल कांग्रेसका केदार कार्की मुख्यमन्त्री छन्। उनलाई मुख्यमन्त्री बनाउन सघाएको एमालेले भने सरकार छाडिसकेको छ। उनले माओवादीलाई सरकारमा समावेश गरेपछि एमाले पछि हटेको हो।

प्रकाशित: Dec 20, 2023| 18:30 बुधबार, पुस ४, २०८०
प्रतिक्रिया दिनुहोस्