आइतबार, वैशाख १६, २०८१

डोनाल्ड ट्रम्प राष्ट्रपतिको उम्मेदवार बन्‍न नपाउने

 |  बुधबार, पुस ४, २०८०

नेपाल समय

नेपाल समय

बुधबार, पुस ४, २०८०

न्यूयोर्क- अमेरिकी पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्प आगामी राष्ट्रपतीय निर्वाचनमा उम्मेदवार बन्न नपाउने भएका छन्। कोलोराडो राज्यको उच्च अदालतले सन् २०२४ को निर्वाचनका लागि ट्रम्पको नाम मतपत्रबाटै हटाउने फैसला गरेको हो।

triton college

अदालतले ट्रम्प आगामी राष्ट्रपतिको चुनावमा योग्य नरहनेसमेत ठहर गरेको छ। पहिलोपटक अमेरिकाको स‌ंविधानको १४औँ संशोधनको धारा ३ को प्रयोग गर्दै अदालतले उनलाई राष्ट्रपति निर्वाचनमा अयोग्य ठहर गरेको हो। यसअघि अमेरिकाका अन्य राज्यहरुमा पनि ट्रम्पलाई चुनाव लड्नबाट रोक लगाउने प्रयास भएका थिए। तर ती सबै प्रयास असफल भएका थिए। मंगलबार आएको यो फैसला कोलोराडो राज्यमा मात्रै लागु हुनेछ।

अदालतले अमेरिकी संविधानको विद्रोहको प्रतिबन्ध सम्बन्धी चौधौं संशोधनलाई आधार बनाएको छ। ट्रम्पले भने पदमा रहँदा केही त्यस्तो गैरकानुनी काम नगरेको भन्दै अमेरिकी सर्वोच्च अदालतमा अपिल गरेका थिए। यसको सुनुवाइ हुन बाँकी रहेकोले यो नयाँ फैसलालाई जनवरी ४ सम्मकालागि तामेलीमा राखिएको छ।

ट्रम्पका समर्थकले भने यो फैसलालाई पूर्णरुपमा त्रुटिगत निर्णय भनेका छन्। कोलोराडोका निर्वाचन अधिकारीहरुले यो विषय जनवरी ५ तारिखमा समाधान हुन आवश्यक रहेको भनेका छन्। त्यो दिन रिपब्लिकन दलको उम्मेद्‌वारको सूची पेस गर्ने समय हो। रिपब्लिकन दलको प्राथमिक चरणको चुनावी प्रतिष्पर्धा भने मार्च ५ का लागि तय भएको छ।

प्रकाशित: Dec 20, 2023| 18:20 बुधबार, पुस ४, २०८०
प्रतिक्रिया दिनुहोस्