मंगलबार, पुस १, २०८२
  • गृहपृष्ठ
  • राजनीति
  • देउवाले सम्झिए बेलायत पढ्दाको किस्सा- बीबीसीले बम पड्काउने भए मात्रै आउँछु भन्यो 

देउवाले सम्झिए बेलायत पढ्दाको किस्सा- बीबीसीले बम पड्काउने भए मात्रै आउँछु भन्यो 

 |  बुधबार, पुस ४, २०८०

नेपाल समय

नेपाल समय

बुधबार, पुस ४, २०८०

काठमाडौं- नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले सञ्‍चारमाध्यमको प्रवृतिका विषयमा टिप्पणी गर्नेक्रममा आफू बेलायत पढ्दाको किस्सा स्मरण गरेका छन्। 

National life

पोखरामा पूर्व सांसद एवं उद्योगी सूर्यबहादुर केसीको स्मृतिमा स्थापना गरिएको ‘कीर्ति स्मृति पत्रकारिता वृत्ति सम्मान’ अर्पण समारोहमा बोल्दै सभापति देउवाले बेलायतमा पढ्न बस्दा आफूहरूले नेपालमा प्रजातन्त्रका लागि जुलुस निकाल्दा बिबिसीका पत्रकार आउन नमानेको पनि स्मरण गरे।

उनले भने, 'पत्रकारको सम्बन्धमा एउटा भनाइ छ, ब्याड न्युज इज गुड न्युज फर मिडिया। एक पटक के भयो भने बेलायतमा पढ्दै थिएँ, नेपाल एम्बेसीमा जुलुस निकाल्छौं आइदेउ भनेर बीबीसीलाई भनेको थिएँ। बम पड्काउने भए मात्र आउँछु नत्र आउँदिनँ, कहाँ कहाँ जान साध्य हुन्छ भन्यो।'

सभापति देउवाले सञ्‍चारमाध्यममा खराब समाचार मात्र चल्ने गरेको बताएका छन्। 'मिडियाका लागि राम्रो हुँदै हुँदैन, जहिल्यै खराब कुरा मात्र चल्छ बढी। त्यसकारण ब्याड न्युज इज गुड न्युज फर मिडिया भन्छ हेर्नुस्।'

सभापति देउवाले कीर्ति स्मृति पत्रकारिता वृत्ति सम्मान पत्रकारहरू सुरेश आचार्य, माधव शर्मा र कृष्णप्रसाद बास्तोलालाई प्रदान गरेका थिए। पुरस्कार अर्पणपछि बोलेका देउवाले नेपालमा अन्य क्षेत्रमा जस्तै पत्रकारिता क्षेत्र पनि सुधारको दिशामा अघि बढेको बताए।

Laxmi sunrise bank
kumari

‘हाम्रो देशमा पत्रकारिता होस या अरू विकास, सुधारको दिशामा छ, अझ अगाडि बढाउनुछ,’ उनले भने, ‘जिम्मेवार पत्रकारिताको धेरै अर्थ छ हेर्नुस्।’

सूर्यबहादुर केसीलाई आफूले संसदमा चिनेको भन्दै देउवाले नेपाली कांग्रेसमा प्रवेश गरेपछि आफू केसीको घरमा जाने गरेको स्मरण गरे। पोखराको हिमश्री फुड्सका संस्थापक केसी २०७७ कात्तिक १७ गते निधन भएको थियो। उनको स्मृतिमा परिवारले नेपाल पत्रकार महासंघ कास्की शाखाले व्यवस्थापन गर्ने गरी पत्रकारिता सम्मान स्थापना गरेका थिए।

प्रकाशित: Dec 20, 2023| 17:48 बुधबार, पुस ४, २०८०
प्रतिक्रिया दिनुहोस्