शनिबार, भदौ २०, २०८३
  • गृहपृष्ठ
  • राजनीति
  • एनसेल भ्रष्टाचारबारे अनुसन्धान गर्न राप्रपाले तोक्यो ज्ञानेन्द्रलाई संयोजक

एनसेल भ्रष्टाचारबारे अनुसन्धान गर्न राप्रपाले तोक्यो ज्ञानेन्द्रलाई संयोजक

 |  मंगलबार, पुस ३, २०८०

नेपाल समय

नेपाल समय

मंगलबार, पुस ३, २०८०

काठमाडौं- राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले एनसेलको सेयर ब्रिकीमा भएको भ्रष्टाचारबारे पार्टीभित्र अनुसन्धान गर्ने निर्णय गरेको छ। काठमाडौँमा तीन दिनसम्म बसेको पार्टीको केन्द्रीय कार्यसमिति बैठकले सो सेयर ब्रिकीमा भएको भ्रष्टाचारको विरोध गर्ने निर्णय गरेको छ। 

पार्टी प्रवक्ता एवं प्रचार विभाग प्रमुख मोहन कुमार श्रेष्ठका अनुसार अनुसन्धानका लागि सुशासन विभाग प्रमुख ज्ञानेन्द्र शाहीलाई संयोजक तोकिएको छ। 

त्यस्तै, राप्रपाले यो विषयमा उच्चस्तरीय छानविन गर्म समेत माग गरेको छ। 

प्रकाशित: Dec 19, 2023| 17:11 मंगलबार, पुस ३, २०८०
प्रतिक्रिया दिनुहोस्