मंगलबार, पुस १, २०८२
  • गृहपृष्ठ
  • राजनीति
  • ज्ञानेन्द्रको लाइनमा राप्रपा, हिन्दु राष्ट्र र प्रदेश खारेजीका लागि सडकमा जाने 

ज्ञानेन्द्रको लाइनमा राप्रपा, हिन्दु राष्ट्र र प्रदेश खारेजीका लागि सडकमा जाने 

 |  मंगलबार, पुस ३, २०८०

नेपाल समय

नेपाल समय

मंगलबार, पुस ३, २०८०

काठमाडौं- विगत लामो समयदेखि राष्ट्रिय प्रजातन्त्र पार्टी सरकारमा जान नहुने भन्दै पार्टीभित्र र बाहिर वकालत गर्दै आएका सांसद ज्ञानेन्द्र शाहीको लाइन अनुसार सडक आन्दोलन गर्ने भएको छ। यसअघि पार्टी अध्यक्ष राजेन्द्र लिङ्देनको नेतृत्वमा पार्टी सरकारमा गएको थियो। 

National life

यद्पि तत्कालीन गठबन्धन भत्किएपछि सरकारबाट बाहिरिएको राप्रपामा फेरि सरकारमा सहभागी भएर काम देखाउनुपर्ने आवाजहरु उठिरहेका थिए। तर, अन्तत: राप्रपाले सरकारमा नजाने निर्णय गरेको हो। 

राप्रपाको काठमाडौंमा तीन दिनसम्म बसेको केन्द्रीय कार्यसमितिको बैठकले हिन्दू राष्ट्र पुनःस्थापना र प्रदेश खारेजीको दबाब दिन बृहत् आन्दोलन गर्ने निर्णय गरेको प्रवक्ता मोहन कुमार श्रेष्ठले जानकारी दिए। 

‘राजसंस्था सर्वधर्म समभाव पूर्ण धार्मिक स्वतन्त्रता सहितको वैदिक सनातन धर्म सापेक्ष हिन्दू राष्ट्र पुनः स्थापना र प्रदेश तहको खारेजीको लागि व्यापक जनदबाब सिर्जना गर्न बृहत् आन्दोलन गर्ने निर्णय गरिएको छ,’ उनले भने।

मुलुकको बिग्रदो अर्थतन्त्र, आम जनतामा बढ्दो निराशा, चरम बेरोजगारी, आर्थिक मन्दीका कारण साना किसान तथा उद्यमीहरूमाथिको बढ्दो ऋणभार युवा शक्तिको विदेश पलायन, भष्ट्रचार लगायतका जनजीविकाका मुद्दाहरुमा जनदबाब सिर्जन गर्न आन्दोलन गर्ने निर्णय भएको उनले बताए। 

Laxmi sunrise bank
kumari

आन्दोलनको तयारीका लागि पुष, माघमा देशैभर व्यापक सभा तथा तयारीका कामहरू हुने उनले बताए। त्यस्तै, फागुन महिनामा मेची महाकाली एकता यात्रा र उपत्यका केन्द्रित प्रदर्शन गर्ने निर्णय गरिएको उनले बताए। 

आन्दोलनका लागि पार्टी अध्यक्ष राजेन्द्र लिङदेनको अध्यक्षतामा केन्द्रीय आन्दोलन मूल समिति गठन गरिएको पनि उनले जानकारी दिए। 

प्रकाशित: Dec 19, 2023| 16:47 मंगलबार, पुस ३, २०८०
प्रतिक्रिया दिनुहोस्