शनिबार, भदौ २०, २०८३

विधान सम्मेलनबारे छलफल गर्न माओवादी केन्द्रको बैठक

 |  मंगलबार, पुस ३, २०८०

नेपाल समय

नेपाल समय

मंगलबार, पुस ३, २०८०

काठमाडौं- सत्तारुढ दल नेकपा (माओवादी केन्द्र)को पदाधिकारी बैठक आज अपराह्न ३ बजे हुँदैछ। 

बैठकमा आगामी केन्द्रीय समिति बैठक, विधान सम्मेलनलगायत विषयमा छलफल हुने पार्टी उपाध्यक्ष एवं प्रवक्ता अग्निप्रसाद सापकोटाले जानकारी दिए।

बैठकमा पार्टीको आगामी कार्ययोजनाका सम्बन्धमा छलफल हुनाका साथै माओवादीले सञ्चालन गरेको पार्टी रुपान्तरण अभियानको समीक्षा हुने प्रवक्ता सापकोटाले बताए।

प्रकाशित: Dec 19, 2023| 10:02 मंगलबार, पुस ३, २०८०
प्रतिक्रिया दिनुहोस्