शनिबार, भदौ २०, २०८३

राप्रपा केन्द्रीय कार्यसमितिको बैठक आज पनि बस्दै

 |  मंगलबार, पुस ३, २०८०

नेपाल समय

नेपाल समय

मंगलबार, पुस ३, २०८०

काठमाडौं- राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)को केन्द्रीय कार्यसमितिको बैठक मंगलबार पनि बस्ने भएको छ। बैठक मंगलबार बिहान ११ बजे बस्ने तय भएको छ।

यसअघि सोमबार (हिजो) बसेको बैठकमा समूहगत छलफल भएको थियो।

समूहगत छलफलमा कोशीमा वरिष्ठ उपाध्यक्ष रोशन कार्की, मधेस प्रदेशमा वरिष्ठ उपाध्यक्ष बुद्धिमान तामाङ, बागमती प्रदेशमा वरिष्ठ उपाध्यक्ष विक्रम पाण्डे, गण्डकी प्रदेशमा उपाध्यक्ष हेमजङ गुरुङ, लुम्बिनी प्रदेशमा वरिष्ठ उपाध्यक्ष रवीन्द्र मिश्र, कर्णाली प्रदेशमा उपाध्यक्ष मुकुन्दश्याम गिरी तथा सुदूरपश्चिम प्रदेशमा उपाध्यक्ष उद्धव पौडेलले संयोजन गरेका थिए।

प्रकाशित: Dec 19, 2023| 09:48 मंगलबार, पुस ३, २०८०
प्रतिक्रिया दिनुहोस्