सोमबार, मंसिर २९, २०८२
  • गृहपृष्ठ
  • राजनीति
  • विप्लवसहितका नेताविरुद्ध जारी भएको पक्राउ पूर्जीमा समाजवादी मोर्चाको आपत्ति

विप्लवसहितका नेताविरुद्ध जारी भएको पक्राउ पूर्जीमा समाजवादी मोर्चाको आपत्ति

 |  सोमबार, पुस २, २०८०

नेपाल समय

नेपाल समय

सोमबार, पुस २, २०८०

काठमाडौं- समाजवादी मोर्चा नेपालले नेपाल सरकार र नेपाल कम्युनिष्ट पार्टीबीच भएको तीनबुँदे सम्झौता पूर्णरुपमा कार्यान्वयन गर्न सरकार र सम्बद्ध पक्षलाई आग्रह गरेको छ।

National life

मोर्चाका संयोजक माधवकुमार नेपालले आज वक्तव्य जारी गर्दै मुलुकको वर्तमान राजनीतिक परिस्थितिमा कुनै पनि द्वन्द्व पैदा हुने स्थिति आउन नदिन सबैमा आह्वान गरे।

मोर्चाले जिल्ला अदालत काठमाडौँबाट केही दिनअघि नेकपाका महासचिव नेत्रबिक्रम चन्द र प्रवक्ता खड्कबहादुर विश्वकर्मालगायत नेताविरुद्ध भएको पक्राउ पूर्जीका सम्बन्धमा पनि गम्भीर ध्यानाकर्षण भएको जनाएको छ।

उक्त मोर्चामा नेकपा (माओवादी केन्द्र), जनता समाजवादी पार्टी नेपाल, नेकपा (एकीकृत समाजवादी) र चन्द नेतृत्वको नेकपा आवद्ध छन्।

प्रकाशित: Dec 18, 2023| 18:00 सोमबार, पुस २, २०८०
प्रतिक्रिया दिनुहोस्