सोमबार, असार २२, २०८३

राष्ट्रियसभा निर्वाचनका लागि १२ दललाई चिह्न प्रदान

 |  सोमबार, पुस २, २०८०

नेपाल समय

नेपाल समय

सोमबार, पुस २, २०८०

काठमाडौं- आगामी माघ ११ गते हुने राष्ट्रियसभा निर्वाचनका लागि निर्वाचन आयोगले १२ वटा राजनीतिक दललाई दर्ता गरी तिनलाई निर्वाचन चिह्न प्रदान गरेको छ। 

नेपालको संविधानको धारा, २७१ तथा राजनीतिक दलसम्बन्धी ऐन, २०७३ बमोजिम ती दल दर्ता भएका हुन्। दर्ता भएका दलहरुका लागि २०७९ को प्रतिनिधिसभा सदस्य निर्वाचनमा समानुपातिक निर्वाचन प्रणालीतर्फ प्राप्त गरेको मतका आधारमा क्रम निर्धारण गरी निर्वाचन चिह्न प्रदान गरिएको हो। 

आयोगले निर्धारण गरेको क्रमअनुसार नेपाल कम्युनिष्ट पार्टी (एकीकृत माक्र्सवादी लेनिनवादी)लाई सूर्य, नेपाली कांग्रेसलाई रूख, नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र)लाई  गोलाकारभित्र हँसिया हथौडा, राष्ट्रिय प्रजातन्त्र पार्टीलाई हलो, जनता समाजवादी पार्टीलाई नेपाल ढल्केको छाता प्रदान गरेको  छ।

प्रकाशित: Dec 18, 2023| 07:06 सोमबार, पुस २, २०८०
प्रतिक्रिया दिनुहोस्