सोमबार, असार २२, २०८३

राष्ट्रिय सभा निर्वाचनका लागि १२ दलले पाए चुनाव चिन्ह

 |  आइतबार, पुस १, २०८०

नेपाल समय

नेपाल समय

आइतबार, पुस १, २०८०

काठमाडौं- निर्वाचन आयोगले राष्ट्रिय सभा निर्वाचनमा सहभागी हुन दर्ता भएका १२ वटा राजनीतिक दललाीई चुनाव चिन्ह प्रदान गरेको छ। आइतबार बसेको आयोगको बैठकले १२ वटा दललाई चिन्ह प्रदान गष्रेको हो। 

आगामी माघ ११ गते हुने निर्वाचनका लागि १२ वटा दललाई चिन्ह प्रदान गरिएको अयोगका प्रवक्ता एवं सहसचिव शालिग्राम शर्मा पौडेलले जारी गरेको विज्ञप्तिमा जनाइएको छ। प्रतिनिधि सभा सदस्य निर्वाचनमा समानुपातिक निर्वाचन प्रणालीतर्फ प्राप्त गरेको मतको आधारमा क्रम निर्धारण गरी चुनाव चिन्ह प्रदान गरिएको विज्ञप्तिमा उल्लेख छ।

चुनाव चिन्ह प्राप्त गर्नेमा नेकपा एमाले, नेपाली कांग्रेस, नेकपा (माओवादी केन्द्र), राष्ट्रिय प्रजातन्त्र पार्टी, जनता समाजवादी पार्टी नेपाल, जनमत पार्टी, नेकपा (एकीकृत समाजवादी), नागरिक उन्मुक्ति पार्टी, लोकतान्त्रिक समाजवादी पार्टी नेपाल, नेपाल मजदुर किसान पार्टी, राष्ट्रिय जनमोर्चा र नेपाल समाजवादी पार्टी रहेका छन्।

Election-Commission-1702815489.jpg

प्रकाशित: Dec 17, 2023| 18:05 आइतबार, पुस १, २०८०
प्रतिक्रिया दिनुहोस्