सोमबार, असार २२, २०८३

झुलाघाटदेखि चिवाभञ्ज्याङ पुगेर ओलीले फहराए राष्ट्रिय झण्डा

 |  आइतबार, पुस १, २०८०

नेपाल समय

नेपाल समय

आइतबार, पुस १, २०८०

काठमाडौं- नेकपा एमालेका अध्यक्ष तथा पूर्व प्रधानमन्त्री केपी शर्मा ओलीले पाँचथरको चिवाभञ्ज्याङमा नेपालको राष्ट्रिय झण्डा फहराएका छन्। झुलाघाट–चिवाभञ्ज्याङ संकल्प यात्राको क्रममा पाँचथर सदरमुकाम फिदिमबाट ओली आजै नेपाल-भारत सीमा क्षेत्रमा रहेको चिवाभञ्ज्याङ पुगेका थिए।

बैतडीको झुलाघाटमा राष्ट्रिय झण्डा फहराएर मध्य पहाडी पुष्पलाल मार्ग हुँदै एमाले अध्यक्ष ओलीसहितको टोली १८ दिनमा पाँचथरको चिवाभञ्ज्याङ पुगेको हो। चिवाभञ्ज्याङमा आजको कार्यक्रमसँगै एमालेको संकल्प यात्रा औपचारिक रूपमा समापन हुँदैछ।

करिब दुई हजार किलोमिटर लामो यो यात्रा ओलीले पनि पूरा गरे। झुलाघाटमा राष्ट्रिय झण्डा फहराएर ओलीले नै संकल्प यात्राको शुभारम्भ गरेका थिए।

Oli-baitadi-1701318634.jpg

प्रकाशित: Dec 17, 2023| 12:55 आइतबार, पुस १, २०८०
प्रतिक्रिया दिनुहोस्