सोमबार, असार २२, २०८३

समापन हुँदै एमालेको संकल्प यात्रा

 |  आइतबार, पुस १, २०८०

नेपाल समय

नेपाल समय

आइतबार, पुस १, २०८०

काठमाडौं- नेकपा एमालेको ‘झुलाघाट–चिवाभञ्ज्याङ समृद्धिका लागि संकल्प यात्रा’आज अन्तिम दिन चिवाभञ्ज्याङ पुगेर समापन हुँदैछ।

पाँचथरको फिदिमबाट चिवाभञ्ज्याङ पुगेर राष्ट्रिय झण्डा झण्डोत्तोलनसहित यात्राको समापन हुने एमालेले जनाएको छ।

आजको यात्रा १ सय १ किलोमिटर छ। यात्रा टोली साँझ बास बस्न फिदिममा नै फर्कनेछ भने टोली सोमबार बिहान काठमाडौंका लागि प्रस्थान गर्नेछ।

गत मंसिर १४ गते सुदूरपश्चिम प्रदेशको बैतडीबाट सुरु भएको संकल्प यात्रामा अध्यक्ष केपी शर्मा ओली लगायत पार्टीका नेता तथा कार्यकर्ताहरू सहभागी छन्।

प्रकाशित: Dec 17, 2023| 09:44 आइतबार, पुस १, २०८०
प्रतिक्रिया दिनुहोस्