शनिबार, भदौ २०, २०८३

एमाले अध्यक्ष ओलीले भने - बालकृष्ण खाणलाई 'सेटिङ'मै छोडिएको हो 

 |  शनिबार, मंसिर ३०, २०८०

नेपाल समय

नेपाल समय

शनिबार, मंसिर ३०, २०८०

काठमाडौं- प्रमुख प्रतिपक्षी दल नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले सत्तारुढ नेपाली कांग्रेसका नेता बालकृष्ण खाणलाई ‘सेटिङ’मा छोडिएको आरोप लगाएका छन्।

झुलाघाट–चिवाभञ्ज्याङ समृद्धिका लागि संकल्प यात्राको क्रममा शनिबार फिदिममा आयोजित वृहत् आमसभामा बोल्दै उनले यस्तो आरोप लगाएका हुन्। 

ओलीले कांग्रेसका खाणलाई छोडिएको तर एमालेका नेता पूर्वउपप्रधानमन्त्री टोपबहादुर रायमाझीलाई थुनामै राख्न आदेश दिइएको भन्दै आपत्ति जनाएका छन्। उनले भने, ‘कांग्रेसको मान्छे भए छुट्छ कांग्रेसको त्यै विषयको मन्त्री भएपनि छुट्छ तर, एमालेमा लागेको छ भने एमालेमा लागेको रिसले कोही मान्छे छुट्दैन’। 

नक्कली भुटानी शरणार्थी प्रकरणमा मुछिएका पूर्वगृहमन्त्रीसमेत रहेका खाणलाई पाटन उच्च अदालतले बिहीबार ३० रुपैयाँ लाख धरौटीमा छोड्न आदेश दिएको थियो। तर हाल एमाले भएका पूर्वमाओवादी नेता रायमाझीलाई भने थुनामै राखिएको छ।

प्रकाशित: Dec 16, 2023| 18:37 शनिबार, मंसिर ३०, २०८०
प्रतिक्रिया दिनुहोस्