शुक्रबार, पुस ४, २०८२

चाँडै 'मिसन ८०' सार्वजनिक गर्छौँ: रवि लामिछाने

 |  शनिबार, मंसिर ३०, २०८०

नेपाल समय

नेपाल समय

शनिबार, मंसिर ३०, २०८०

काठमाडौं- राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेले चाँडै ‘मिसन ८०’ सार्वजनिक गरिने बताएका छन्। शनिबार नैकापमा आयोजित खुला सभामा उनले रास्वपाको ‘मिसन ८४’ मा दलहरूको आँखा लागेको भन्दै चाँडै मिसन ८० सार्वजनिक गर्ने बताएका हुन्।

National life

उनले मिसन २०८४ लाई जनताले साथ दिए एकैपटक बेथितिलाई अन्त्य गर्न सकिने जिकिर गरे। हरेक दिन एउटा–एउटा काण्ड आउने गरेकाले विरोध र आन्दोलन गरेर साध्य नहुने उनले बताए।

उनले रास्वपा एक्लै निर्वाचन लड्ने भन्दै अरू दलहरूले आसन्न राष्ट्रियसभा निर्वाचनमा एक्लै चुनाव लड्ने आँट गर्न नसकेको टिप्पणी गरे।

ठूला भनिएका दलहरूले मदन–बीपीको नाम बेच्ने गरेको बताउँदै लामिछानेले आफूहरूसँग सुशासनको एजेन्डा मात्र भएको उल्लेख गरे।

नेताहरूले आफन्तलाई भागबन्डा गरेर देश डुबाएको आरोप उनले लगाए। अब ठूला दलका कुनै नेताले देश बनाउँछ भनेर विश्वास गर्न नसकिने उनको भनाइ छ।

Laxmi sunrise bank
kumari

जनताले चुनेरै पठाएका व्यक्तिलाई आउँदो निर्वाचनमा उमेदवार बनाउने घोषणा गर्दै उनले आफ्नै एजेन्डा र मुद्दा बोकेर अगाडि बढ्ने स्पष्ट पारे।

यस्तै, रास्वपाकी कोषध्यक्ष लिमा अधिकारीले गरिबी, अशिक्षा र कुशासनमा देश फस्न थालेको र यसले आउँदो पुस्ताको भविष्यमाथि प्रश्न उठाइन थालेको बताइन्। उनले विगत ६ महिनामा भ्रष्टाचारका धेरै काण्ड आए पनि निष्पक्ष छानबिन हुन नसकेको जिकिर गरिन्।

प्रकाशित: Dec 16, 2023| 21:15 शनिबार, मंसिर ३०, २०८०
प्रतिक्रिया दिनुहोस्