मंगलबार, वैशाख १, २०८३

 ओलीले दोहोर्‍याए- देशको समृद्धिका लागि एमालेको एकल बहुमत आवश्यक 

 |  शनिबार, मंसिर ३०, २०८०

नेपाल समय

नेपाल समय

शनिबार, मंसिर ३०, २०८०

काठमाडौं- नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले एमालेको एकल बहुमत आएमात्रै देश समृद्ध हुने दाबी गरेका छन्।

National life

झुलाघाट–चिवाभञ्ज्याङ समृद्धिका लागि सङ्कल्प यात्राको क्रममा शनिबार फिदिममा आयोजित वृहत् आमसभामा बोल्दै ओलीले एमालेको एकल बहुमतले मात्रै राष्ट्रिय स्वाभिमान र विकासको समृद्धि आउने बताए।

एमाले सधैँ राष्ट्रियताको रक्षाको पक्षमा रहेको बताउँदै ओलीले जनताको मनोबल माथि उठाउन र विश्वास बढाउन समृद्धिका लागि सङ्कल्प यात्रा सुरु गरेको बताए।

उनले एमाले सरकारबाट हटेपछि देशमा अस्थिरता, अराजकता, र अशान्ति बढेर गएको बताए। एमाले फुटाउन र सिध्याउन प्रयास गरिएको भए पनि एमाले त्यसलाई चिर्दै देशको पहिलो राजनीतिक शक्ति बनेको उनले बताए।


उनले एमालेको एउटै उद्देश्य र गन्तव्य देशको हित भएको बताए। आर्थिक हिसावले देशमा उत्पादन घटेको, युवा विदेश पलायनको दर बढेको र युवालाई सरकारले देशमा बस्ने आधार नै दिन नसकेको उनले बताए।

kumari

प्रकाशित: Dec 16, 2023| 20:50 शनिबार, मंसिर ३०, २०८०
प्रतिक्रिया दिनुहोस्