सोमबार, असार २२, २०८३
  • गृहपृष्ठ
  • राजनीति
  • एमाले उपमहासचिवले भने - काठमाडौंतिर राजतन्त्रको हल्ला छ,‘क्रेज’ देखिएन

एमाले उपमहासचिवले भने - काठमाडौंतिर राजतन्त्रको हल्ला छ,‘क्रेज’ देखिएन

 |  शनिबार, मंसिर ३०, २०८०

नेपाल समय

नेपाल समय

शनिबार, मंसिर ३०, २०८०

काठमाडौं- नेकपा एमालेका उपमहासचिव पृथवीसुब्बा गुरुङले राजतन्त्रको पक्षमा जनतामा कुनै क्रेज नदेखिएको दाबी गरेका छन्। पार्टीको ‘झुलाघाट–चिवाभन्ज्याङ समृद्धिका लागि एमाले’ अभियानका क्रममा राजतन्त्रको पक्षमा मानिसहरू फर्किएको कुनै अवस्था नदेखिएको बताएका हुन्।

‘काठमाडौँतिर राजतन्त्रको हल्ला छ। त्यतातिर मान्छेहरू फर्किएको पनि देखिएन,’ उनले भने, ‘एमालेप्रतको क्रेज देखियो। एमाले पुरानो पार्टी हो भन्नेलाई पनि जनताको बीचमा पनि नयाँ पार्टीको कुनै क्रेज देखिएन।’

साथै, उनले एमालेलाई संघीयताविरोधी भनेर परीक्षण गर्न खोजिएको भन्दै त्यो सफल हुन नपाएको पनि बताएका छन्। 

‘एमाले संघीयताविरोधी भनेर जुन परीक्षण गर्न खोजेकाmे थियो त्यो पनि सफल हुन पाएन,’ गुरुङले भने, ‘एमालेप्रति जनताको साथ सहयोग माया ममता उही अवस्थामा देखियो। नघटेको। बढ्दै आएको देख्यौँ।’
 

प्रकाशित: Dec 16, 2023| 17:22 शनिबार, मंसिर ३०, २०८०
प्रतिक्रिया दिनुहोस्