सोमबार, असार २२, २०८३
  • गृहपृष्ठ
  • राजनीति
  • बहुसंस्कृतियुक्त लोकतान्त्रिक समाजबाट मात्र राष्ट्रिय एकता बलियो हुन्छ : प्रधानमन्त्री

बहुसंस्कृतियुक्त लोकतान्त्रिक समाजबाट मात्र राष्ट्रिय एकता बलियो हुन्छ : प्रधानमन्त्री

 |  शनिबार, मंसिर ३०, २०८०

नेपाल समय

नेपाल समय

शनिबार, मंसिर ३०, २०८०

काठमाडौं- प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले बहुसंस्कृतियुक्त लोकतान्त्रिक समाज निर्माणबाट मात्र राष्ट्रिय एकता बलियो हुने बताएका छन्।

शनिबार ललितपुरको थेचोमा नवदुर्गाभवानी देवी १२ वर्षे जात्रा समापन समारोहमा उनले नेपाल बहुजातीय, बहुभाषिक र बहुसांस्कृतिक मुलुक भएकाले सांस्कृतिक परम्पराले नेपालको राष्ट्रिय एकता र अखण्डतालाई बलियो बनाउने बताएका हुन्।

प्रधानमन्त्री प्रचण्डले आफ्नो संस्कृतिको संरक्षण र सम्वर्द्धन गर्नु दायित्व मात्र नभई अधिकार पनि भएको धारणा व्यक्त गरे। विभिन्न कालखण्डमा मानव समुदायले सिर्जना गरेर छाडेका भौतिक सम्पदा र त्यसअनुरूपको जीवनशैलीको समष्टिगत रूप नै नेपालको राष्ट्रिय संस्कृति भएको उनले बताए।

नेपाल संवत्लाई राष्ट्रिय संवत्का साथै सरकारका दस्तावेजमा लेख्नुपर्ने निर्णय गरिएको उनले उल्लेख गरे। अब विस्तारै राष्ट्रिय संवत् नेपाल संवतु मात्र हुने उनको भनाइ छ। 

प्रकाशित: Dec 16, 2023| 18:40 शनिबार, मंसिर ३०, २०८०
प्रतिक्रिया दिनुहोस्