मंगलबार, कात्तिक ३, २०८३

एन्फामा मिलेर अघि बढ्छौँ : तुलाधर

 |  शनिबार, मंसिर ३०, २०८०

नेपाल समय

नेपाल समय

शनिबार, मंसिर ३०, २०८०

काठमाडौं- अखिल नेपाल फुटबल संघ (एन्फा)का पूर्वमहासचिव एवं संकटा क्लबका अध्यक्ष इन्द्रमान तुलाधरले एन्फामा मिलेर अघि बढ्ने बताएका छन्।

शनिबार एन्फा कम्प्लेक्समा एन्फाका महासचिव किरण राईसहित संयुक्त पत्रकार सम्मेलन गर्दै उनले आफू नेपाली फुटबलमा मिलेर अघि बढ्न खोजेको बताए। पंकजविक्रम नेम्वाङ नेतृत्वको निर्वाचित कार्यसमितिलाई सहयोग गरेर जाने तुलाधरले उल्लेख गरे।

विधानमा रहेको प्रावधानानुसार नै नेम्वाङलाई हटाउने प्रयास आफूहरूले गरे पनि सफल नभएको उनले बताए। विधानानुसार सबैलाई समट्ने प्रतिबद्धता नेम्वाङले गरेकाले अब सहयोग गर्ने उनले सुनाए।

तुलाधरले एन्फाको ‘कन्ट्रोल फन्डिङ’लाई फुकाउन र प्रतियोगिता सञ्चालनको जिम्मेवारीमा सहयोग गर्ने पनि बताए। हरेक नेतृत्वलाई दुई कार्यकाल काम गर्न दिनुपर्छ भन्ने पक्षमा आफू रहेको उनको भनाइ थियो।

पत्रकार सम्मेलनमा एन्फाका महासचिव राईले कन्ट्रोल फन्डिङका कारण काम गर्न अप्ठ्यारो भएको सत्य भए पनि त्यो विषय आफूहरू नेतृत्वमा आउनुभन्दा पहिलेकै रहेको जिकिर गरे। उनले फुटबल विकासमा सहकार्य गर्दै अघि बढ्नुपर्नेमा जोड दिए।

तुलाधरले कर्माछिरिङ समूहसँग मिलेर अध्यक्ष नेम्वाङमाथि अविश्वासको प्रस्ताव दर्ता गराएका थिए। हेटौँडामा गएको भदौ २५ गते भएको एन्फाको विशेष महाधिवेशनमा तुलाधरले अविश्वासको प्रस्ताव दर्ता गराएका नेम्वाङलाई नै साथ दिए। उनकै सहयोगमा नेम्वाङले झन्डै दुईतिहाइ विश्वासको मत प्राप्त गरेका थिए। 

प्रकाशित: Dec 16, 2023| 18:00 शनिबार, मंसिर ३०, २०८०
प्रतिक्रिया दिनुहोस्

थप समाचार

चर्चामा एनपीएलको तेस्रो संस्करण, दर्शकमा बढदो क्रेज

नेपालको बहुचर्चित क्रिकेट लिग नेपाल प्रिमियर लिग(एनपीएल)को तेस्रो संस्करण प्रारम्भ हुने मिति जतिजति नजिकिँदै छ दर्शकहरुमा प्रतीक्षा समाप्तिको व्यग्रता पनि त्यतिकै बढिरहेको छ।