मंगलबार, वैशाख १, २०८३

जन्मघर पुगेर ओलीले सुने स्थानीयका समस्या

 |  शनिबार, मंसिर ३०, २०८०

नेपाल समय

नेपाल समय

शनिबार, मंसिर ३०, २०८०

नेकपा (एमाले)का अध्यक्ष तथा पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले आफ्नो गृहजिल्ला तेह्रथुमका बासिन्दासँग प्रत्यक्ष भेटघाट गरी उनीहरूका समस्याबारे जानकारी लिएका छन्। 

National life

बैतडीको झुलाघाटबाट थालनी भएको १९ दिने संकल्प यात्राका क्रममा बिहीबार गृहजिल्ला पुगेका ओली शनिबार पनि त्यही रहने कार्यक्रम छ। दुई दिन तेह्रथुमका विभिन्न स्थानका जनप्रतिनिधि, नेता, कार्यकर्ता, स्थानीय नागरिकसँग प्रत्यक्ष भेटघाट गर्दै जिल्लाका समस्या बुझ्ने कार्यक्रम जारी रहनेछ।

म्याङलुङस्थित पार्टी कार्यालयमा शुक्रबार पार्टी कार्यकर्तासँग भएको भेटमा जिल्लाका समस्याबारे अध्यक्ष ओलीले जानकारी लिए। ओलीलाई तेह्रथुम र पाँचथर जोड्ने लुबुघाटमा मोटर सञ्चालन हुने पुल १२ वर्षदेखि नबन्दा सर्वसाधारण मर्कामा परेकाले तत्काल पुल निर्माणको काम थाल्न ध्यानाकर्षणपत्र बुझाइएको छ।

ध्यानाकर्षणपत्र बुझ्दै ओलीले देशको समृद्धिका लागि सङ्कल्प यात्रा आयोजना गरिएको बताउँदै प्रस्तुत विषयमा पार्टीभित्र गम्भीर छलफल गरी सरकारको ध्यानाकर्षण गराइने प्रतिबद्धता व्यक्त गरे। कृषिको व्यावसायिकीकरण र वैज्ञानिकीकरण नगरेसम्म समृद्धिको सपना साकार नहुने बताउँदै अध्यक्ष ओलीले किसानका समस्या समाधान गर्न पार्टीले हरसम्भव प्रयास गर्ने दृढता व्यक्त गरे। 

शुक्रबार अध्यक्ष ओलीले आठराई गाउँपालिका–४ इवास्थित आफ्नो जन्मघरमा विश्राम गरे। बैतडीको झुलाघाटबाट मङ्सिर १४ गतेदेखि सुरु भएको यात्रा पुस १ गते पाँचथरको चिवाभञ्ज्याङ पुग्ने कार्यक्रम छ। 
 

kumari

प्रकाशित: Dec 16, 2023| 06:00 शनिबार, मंसिर ३०, २०८०
प्रतिक्रिया दिनुहोस्