सोमबार, असार २२, २०८३

मौलिक कला जोगाउनुपर्नेमा संस्कृतिमन्त्रीको जोड

 |  शुक्रबार, मंसिर २९, २०८०

नेपाल समय

नेपाल समय

शुक्रबार, मंसिर २९, २०८०

काठमाडौं- संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री सुदन किरातीले नेपालको मौलिक कला संस्कृतिलाई जोगाउन सकेमा मात्र देशलाई पर्यटनको केन्द्रका रुपमा विकास गर्न सकिने बताएका छन्।

नेपाल ललितकला प्रज्ञा–प्रतिष्ठानको १५ औँ प्राज्ञसभाको आज उद्घाटन गर्दै मन्त्री किरातीले नेपालका विभिन्न भेगमा छरिएर रहेका मौलिक कला तथा सम्पदा जोगाउन सकेमा पर्यटन क्षेत्रको विकास अझ सहज हुने बताए। उनले भने, ‘कला, संस्कृतिको उत्थानका लागि प्राज्ञिक क्षेत्रको विशेष योगदानको अपेक्षा सरकारले गरेको छ।’

प्रतिष्ठानका कुलपति नारदमणि हार्तम्छालीले प्रतिष्ठान अनुसन्धान, सृजना र सम्मानलाई प्राथमिकतामा राखेर अघि बढेको बताउँदै सृजनात्मक गधिविधि विस्तारमा प्रतिष्ठानले हरसम्भव प्रयास गरिरहेको जानकारी दिए। प्रज्ञा–प्रतिष्ठानका सदस्यसचिव धनप्रसाद सुवेदीले २०६४ को ऐनबाट सञ्चालित तीनवटै प्रतिस्थानले काम गरिरहेको तर २०७२ को संविधानपछि प्राज्ञिक काम र तिनका अधिकार प्रदेशमा पनि प्रत्यायोजन गरिएको बताए।

सङ्गीत तथा नाट्य प्रज्ञा–प्रतिष्ठानका उपकुलपति शम्भु राईले कला, संस्कृति सङ्गीत तथा नाट्य क्षेत्रको विकासमा प्रतिष्ठानहरु लाग्नुपर्नेमा जोड दिए। प्रतिष्ठानका पूर्वकुलपति रागिनी उपाध्यायले प्रतिष्ठानले आगामी दिनमा राष्ट्रियसँगै अन्तरराष्ट्रिय कला सम्मेलन आयोजना गर्न सुझाव दिइन्।

प्रकाशित: Dec 15, 2023| 19:26 शुक्रबार, मंसिर २९, २०८०
प्रतिक्रिया दिनुहोस्