सोमबार, असार २२, २०८३

कांग्रेसले एक महिना 'समुदायमा कांग्रेस' अभियान चलाउने

 |  शनिबार, मंसिर ३०, २०८०

नेपाल समय

नेपाल समय

शनिबार, मंसिर ३०, २०८०

नेपाली कांग्रेसले पुस १६ गतेदेखि माघ १६ गतेसम्म 'समुदायमा कांग्रेस' अभियान सञ्चालन गर्ने भएको छ। शुक्रबार बसेको केन्द्रीय कार्यसम्पादन समिति बैठकले एक महिने 'समुदायमा कांग्रेस' अभियान सञ्चालन गर्ने निर्णय गरेको हो।

यो अभियान वडा तहसम्म सञ्चालन हुनेछ। करिब २० जिल्लामा केन्द्रीय पदाधिकारीलाई नै पठाएर अभियान गर्ने तयारीमा कांग्रेस छ। उपनिर्वाचन हुने इलाम र पार्टीभित्र विवाद देखिएका जिल्लाहरूमा पदाधिकारी खटिनेछन्।

केन्द्रीय कार्यसमितिले ७७ जिल्लामै प्रतिनिधि खटाउने तयारी गरेको छ। यो अभियानमा क्रममा साना-ठूला सभा तथा संगठन सुदृढीकरणलगायत काम गर्ने कांग्रेसको योजना छ।

प्रकाशित: Dec 16, 2023| 07:20 शनिबार, मंसिर ३०, २०८०
प्रतिक्रिया दिनुहोस्