सोमबार, मंसिर १, २०८२

दीपिका रणवीरको पार्टीमा कटरिनाको इन्ट्री

 |  आइतबार, पुस १६, २०७४

नेपाल समय

नेपाल समय

आइतबार, पुस १६, २०७४

National life
Laxmi sunrise bank
kumari
मुम्बई - बलिउड एक्टर दीपिका पादुकोण र रणवीर सिंहले शनिबार मुम्बईमा दिएको रिसेप्सनमा कटरिना पनि सामेल भएकी छन्। उनीहरुले दिएको पार्टीमा बलिउडका दिग्गज कलाकारका साथ कटरिना पनि देखा परेकी हुन्। आफ्नो अतीत भुल्दै पार्टीमा पुगेकी कटरिनाले पर्ल ह्वाइट साडी लगाएकी थिइन्।

उनी पार्टीमा वरुण धवनसँग पुगेकी थिइन्। कटरिनाले पार्टीमा आफू दीपिका र रणवीरको बिहेलाई लिएर उत्सुक भएको र आफ्नो दिमागले पार्टीमा एडेन्ड गरिसकेको बताएकी थिइन्।

रणवीर सिंहसँग सम्बन्धमा खिचातानी चलिरहेको समयमा दीपिकासँग पनि उनको सम्बन्ध राम्रो थिएन। तर यतिवेला उनी पार्टीमा सरिक भएसँगै पुरानो तिक्तता दूर भएको चर्चा बलिउडमा हुन थालेको छ।

विगतका कुरा बिर्सेर दीपिकाले कटरिनालाई रिसेप्सनका लागि बोलाइन् भने कटरिना पनि खुसी हुँदै पार्टीमा सहभागी भइन्।  दीपिका र रणवीरले मुम्बईको उक्त पार्टीमा एक हजार जनालाई बोलाएका थिए । उनीहरुले यसअगाडि दुईवटा रिसेप्सन दिइसकेका छन्।
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४
प्रतिक्रिया दिनुहोस्