सोमबार, असार २२, २०८३

पुस १२ गतेबाट कांग्रेस केन्द्रीय समिति बैठक

 |  शुक्रबार, मंसिर २९, २०८०

नेपाल समय

नेपाल समय

शुक्रबार, मंसिर २९, २०८०

काठमाडौं- नेपाली कांग्रेसको केन्द्रीय समिति बैठक बस्ने पुस १२ गतेदेखि बस्ने भएको छ।

शुक्रवार बसेको केन्द्रीय कार्यसम्पादन समितिको बैठकले पुस १२ गतेदेखि केन्द्रीय समिति बैठक बोलाउने निर्णय गरेको अर्थमन्त्रीसमेत रहेका कांग्रेस नेता डा. प्रकाशशरण महतले जानकारी दिए।

पार्टीको महासमिति बैठक फागुन ७ देखि १० सम्मका लागि सार्ने निर्णय भएपछि पुस १२ गतेका लागि केन्द्रीय समिति बैठक डाकिएको हो।

यसअघि शुक्रवार बसेको केन्द्रीय कार्यसम्पादन समितिको बैठकले फागुन ७ देखि १० गतेसम्म महासमिति बैठक बस्ने निर्णय गरेको थियो।

प्रकाशित: Dec 15, 2023| 17:42 शुक्रबार, मंसिर २९, २०८०
प्रतिक्रिया दिनुहोस्